विराटनगर रानीमा रहेको गौतम बुद्ध स्कूलको ३९ औं वार्षिक उत्सवमा विविध कार्यक्रम

विराटनगर रानीमा रहेको गौतम बुद्ध स्कूलको ३९ औं वार्षिक उत्सवमा विविध कार्यक्रम

विराटनगर । विराटनगर १६ रानीमा रहेको गौतम बुद्ध स्कूलले ३९ औं वार्षिक उत्सव मनाएको छ ।

स्कूलले शनिबार आफ्नै स्कुल परिसरमा एक कार्यक्रमको विच फन फेस्टासँगसगै वार्षिक उत्सव मनाएको हो ।
वार्षिक उत्सवको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाको उप– प्रमुख इन्दिरा कार्कीले सिपसहितको ज्ञानमुलक शिक्षा आजको आवश्यता भएको बताइन् । उनले सिप र संस्कार सहितको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिइन् ।

‘आजको आवश्यकता भनेको शिपसहितको रोजगारमुलक शिक्षा हो,’ उनले भनिन् । अहिले प्रविधिको युग पनि भएकोले अब विद्यालयहरूले प्रविधिको उचतम प्रयोग गरि प्रविधि मैत्री शिक्षालाई पनि अगाडी बढाउनुपर्नेमा उपप्रमुख कार्कीले जोड दिइन् ।
कार्यक्रममा बोल्दै स्कूलका प्रिन्सिपल केशबलालसिंह सुवालले प्रविधिको प्रयोग गरि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै अगाडी बढेको बताए । अतिरिक्क्त क्रियाकलाप मार्फत पनि विद्यार्थीको क्षमता अभिवृद्धी गर्दै आएको प्रिन्सिपल सुवालले बताए ।
कार्यक्रममा गौतम बुद्ध स्कूलका भाइस प्रिन्सिपल डा. नितिका ताम्राकार सुवाल, स्कूलका अध्यक्ष रम्बादेवी डंगोल, हेड चिर अर्जुन मल्ल ठकुरी, प्राइमेरि तहको हेडटिचर कमलसेन गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेश कुमार पोदार, इलका प्रहरी कार्यालय रानी विराटनगरका दिपक थापा लगायतले बोेलेका थिए।
सोही अवसरमा विद्यार्थीहरुले नृत्य, गायन, कविता प्रस्तुत गरि भरपुर मनोरञ्जन प्रदान गरेका थिए । यस्तै स्कूलमा अध्ययरत विद्यार्थीहरुले चित्रकला पनि प्रर्दशनीमा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्