विराटनगरमा एक घण्टाको फरकमा दाजुभाइको मृत्यु

विराटनगरमा एक घण्टाको फरकमा दाजुभाइको मृत्यु

विराटनगर । विराटनगरमा शनिबार बिहान एक घण्टाको फरकमा दुई जना दाजुभाइको मृत्यु भएको छ । राति सामान्य अवस्थामा खाना खाएर आ–आफ्नो घरमा सुतेका दुई जना दाजुभाइको विहान ४५ मिनेटको अन्तरमा मृत्यु भएको हो ।

विराटनगर ४ स्थित ढाटमा घर भएका इश्रालाल माझी र काशी माझीको मृत्यु भएको हो । दुवैजनाको उच्च रक्तचापका कारण मृत्यु भएको बताइएको छ । ५३ र ५५ वर्षका दाजुभाइमध्ये काशी शाकाहारी भोजन गर्नुहुन्थ्यो । पूर्व टंकिसिनुवारी २ बाट निर्वाचित वडा सदस्यसमेत रहनुभएका उहाँमा उच्च रक्तचापका कारण सामान्य पक्षघात भएको थियो । शनिबार बिहान पौने ३ बजेको समयमा उहाँको निधन भएको थियो ।

काशीको निधन भएको केही समयमै दाजु इश्रालाल माझीको पनि मृत्यु भयो । उहाँको पनि उच्च रक्तचापका कारण ज्यान गएको स्थानीय इन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्