विराटनगरको शन्तिचोकमा घरको ताला फोडेर ५ तोला सुन चोरी

विराटनगरको शन्तिचोकमा घरको ताला फोडेर ५ तोला सुन चोरी

विराटनगर । विराटनगर महानगरपालीका वडा न १० स्थित शान्तिचोक छेउ कृष्णमार्गमा एक घरमा ५ तोला सुन चोरी भएको छ ।
विराटनगर १० निवासी राम सेवक यादवको घरमा कोही नभएको मौका छोपी विहीबार दिउसो चोरी भएको वडा प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

नेपाल टेलिकम भोजपुरमा कार्यरत यादवको घरको ताला फोडेर चोरी भएको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी वेदराज गौतमले जानकारी दिए ।
घरमा बस्दै आएका राम सेवकका छोरा शैलेश यादव टिउसन गएको बेला घरको पर्खालबाट हाम फालेर घरको ढोकाको ताला फोडेर घर भित्र रहेको सुनका गहना चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संग्लनहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्