सार्बजनिक स्थलमा सुर्तीजन्य बस्तुको सेवन गरे कार्वाही, विराटनगरमा भोलीदेखि अभियान शुरु

सार्बजनिक स्थलमा सुर्तीजन्य बस्तुको सेवन गरे कार्वाही, विराटनगरमा भोलीदेखि अभियान शुरु

विराटनगर । सामाजिक विकास मन्त्रालयले भोलीदेखि बिराटनगरका बिद्यालय र सार्बजनिक क्षेत्रमा सुर्ती तथा सुर्तिजन्य पद्धार्थ नियन्त्रण अभियान शुरु गर्ने भएको छ । विहान ७ बजेदेखि विराटनगरमा रहेको अरनिको माध्यामिक बिद्यालयबाट यो अभियानको थालनी गर्न लागिएको सामाजिक विकास मन्त्रीका स्वकीय सचिव तिलक बस्नेतले जानकारी दिनुभयो ।
सुर्ति निषेधित क्षेत्र घोषणा अभियानको कडाईका साथ कार्यान्वायन गरिने भएको छ । सबै सरोकारवालाहरुको सहभागीतामा अभियानलाई ब्यापक नागरिक स्तरसम्म पुर्याउनको लागि यो अभियानलाई प्रभावकारी बनाउन लागिएको मन्त्रालयले जनाएको छ ।
यस अघि सामाजिक विकास मन्त्रालयले प्रदेश सरकारको निर्णय अनुसार मुख्यमन्त्री सहितको उपस्थितीमा प्रदेश १ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट यो अभियानको शुभारम्भ गरेको थियो । मुख्यमन्त्री कार्यालयबाट शुरु भएको अभियान भौतिक पुर्बाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुुन मन्त्रालय, भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा ब्यानर नै टाँसेर कडाई गरेको छ ।
सार्बजनिक स्थलमा सुर्ती तथा सुर्तीजन्य पद्धार्थको नियमन तथा नियन्त्रण गर्न बनेको ऐनलाई टेकेर प्रदेश सरकारले मन्त्रालय र आसपासका १०० मिटर भित्र सुर्ति तथा सुर्तीजन्य बस्तुको प्रयोग, बिक्री बितरण र सेवनमा रोक लगाईएको सामजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।

यो अभियानलाई तल्लो तहसम्म पुर्याउनको लागि बिद्यालय स्तरबाट अभियानलाई प्रचार सहितको नियमन र नियन्त्रणको काम शुरु हुन लागेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले शुरु गरेको अभियानलाई बिराटनगर महानगरपालिकाले पनि सहकार्य थालेको छ । प्रदेश राजधानी विरानगरबाट शुरु अभियानलाई प्रदेशका १३७ वटा पालिकामा नै पर्याउने लक्ष्य लिएको मन्त्री घिमिरेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्