विराटनगरमा भएको निर्वाचनबाट कानुन ब्यवसायी परिषदको अध्यक्षमा पोखरेल निर्वाचित

विराटनगरमा भएको निर्वाचनबाट कानुन ब्यवसायी परिषदको अध्यक्षमा पोखरेल निर्वाचित

विराटनगर । नेपाल कानुन ब्यवसायी परिषदको प्रदेश १ अध्यक्षमा प्रेमप्रसाद पोखरेल निर्वाचिन हुनु भएको छ । आज बिराटनगरमा भएको निर्वाचनबाट पोखरेल ६३ मतले बिजयी हुनु भएको हो ।
बृहद प्रगतीशिल समावेशी समुहको तर्फवाट उम्मेदवार बन्नु भएका निर्वाचित पोखरेलले ३९० मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएकोछ । त्यस्चै उनका निकटतम प्रतिद्धन्दी बृहद प्रजातान्त्रीक समुहका देवेन्द्र कोईरालाले ३२७ मत प्राप्त गर्नुभयो ।

प्रदेश १ मा बिभिन्न समुहको प्यानल बनेको थियो । प्रदेश १ का १४ जिल्लाबाट कानुन ब्यवसायीहरु बिराटनगरमा निर्वाचनको लागि आएका थिए । बिहानैदेखि उचच अदालत बिराटनगर परिसरमा भएको निर्वाचनमा आफ्ना उम्मेदवारलार्ई जिताउनको लागि कानुन ब्यवसायीहरु सक्रिय देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्