एसबीएसीको अध्यक्षमा मोहन बुढोथाकी

एसबीएसीको अध्यक्षमा मोहन बुढोथाकी

विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि.(एसबीएससी) मोरङ, विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी सर्वसम्मत रूपमा चयन भएका छन् ।
विराटनगरमा शनिबार भएको सहकारीको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बुढाथोकी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

समितिको उपाध्यक्ष नगेन्द्रप्रसाद ढकाल, सचिब नन्दलाल मण्डल, सह–सचिवमा नेत्र गडतौला, कोषाध्यक्षमा गोपाल रिजाल, सह–कोषाध्यक्षमा सूर्य गौतम रहेका छन् ।
समितिको सदस्यहरूमा नर्बु लामा, रिमा थापा, दिपेन राई र खेम अधिकारी छन् । शिक्षा तथा वातावरण संयोजकमा हिरा थापा, ऋण संयोजकमा जयन्ती प्रधान र लेखा संयोजकमा धनकुमार राई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्