नेपाली कांग्रेसद्वारा प्रदेश १ सभा अबरुद्ध, सरकारलाई पुर्ब राजाको अबस्थामा पुर्याउने चेतावनी

नेपाली कांग्रेसद्वारा प्रदेश १ सभा अबरुद्ध, सरकारलाई पुर्ब राजाको अबस्थामा  पुर्याउने चेतावनी

विराटनगर । नेपाली कांग्रेसले प्रदेश न।१ प्रदेश सभा अबरुद्ध गरेको छ । प्रदेश सभाको आजको बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदार बिरुद्ध दर्ता गरेको भ्रष्टाचार अभियोगको बिरुद्धमा संसद अबरुद्ध गरेको हो । सदन शुरु भए लगत्तै नेपाली कांग्रेसले उठेर सदन अबरुद्ध गरेको थियो ।

सभामुख प्रदिपकुमार भण्डारीले पटक पटक सदन सुुचारु गर्नका लागि आग्रहको बाबजुत कांग्रेसले सदन अबरुद्ध गरेको हो । बिचार र आस्थाको आधारमा बिजयकुमार गच्छदार माथि मुद्दा दायर गरेको आरोप लगाउँदै सरकारलाई ज्ञानेन्द्रको हालतमा पुर्याउने चेतावनी दिए ।
राजा ज्ञानेन्द्र शाहलाई जनताले नै नागार्जुन पुर्याएको स्मरण गराउँदै अहिले नै सरकार नसच्चिए त्यस्तै हालत बनाईने चेतावनी दिएका हुन् । नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले रातो झण्डा र लालसलामको भरमा मुद्दा चलाउने कसैलाई मुद्दा नचलाउन गर्न नपाईने उनको भनाई छ ।
राईले कांग्रेस भ्रष्टचार बिराधी भएको भन्दै ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधब नेपाल, बावुराम भट्टराई पूर्व मुुख्य सचिब लिलामणि पौडेल, नेकपाका महासचिब बिष्णु पौडेल र न्यायाधिश कुमार रेग्मीलाई समेत कारवाहीको दायरामा ल्याउन माग गरे ।
उनले एकै प्रकृतीको मुद्दामा अख्तियारले कसैलाई काखा र कसैलाई पाखा गरेर राजनितीकि निर्णय गरेकाले आफूहरु त्यसको बिरोधमा रहेको बताए । कांग्रेसले अबरुद्ध गरेपछि प्रदेश सभाको बैठक भोली सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्