फोन नउठाउँदा विराटनगरमा प्रेमीद्वारा प्रेमिकाको हत्या

फोन नउठाउँदा विराटनगरमा प्रेमीद्वारा प्रेमिकाको हत्या

प्रेम देवान

विराटनगर । विराटनगर महानगरपालिका वडा नं.१२ मलहनुवा पश्चिम रिङरोड नजिकै उखुबारीमा एकजना महिलाको शव भेटिएको खबर प्रहरीमा आयो । माघ २४ गते शुक्रवारको दिन थियो । बिहानका करिब ९ बजे स्थानीयले प्रहरीलाई दिएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक विश्व अधिकारीको कमाण्डमा टोली घटनास्थल तर्फ गयो ।
घटना स्थलमा पुगेको प्रहरीले बाँसघारी पश्चिम उखुबारीमा घाटी रेटेर फालिएको अबस्थामा एक महिलाको शव फेला पर्यो । त्यसरी भेटिएको शज महिलाको घाँटी काटिएको, घाटीमा सलले बेरिएको, बाँया हातमा बिएस लेखिएको अवस्थामा भेटिएको प्रहरी बताउँछ ।
तत्काल शवको कुनै पहिचान नखुलेपछि प्रहरीले महिलाको फोटो जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज, प्रहरी संचार, टेलिभिजन लगायतका सञ्चार माध्यमबाट हुलिया सहित सार्बजनिक गर्यो । सबै संचार माध्याममा सार्बजनिक भएपछि सुनसरी दुहवी नगरपालिका वडा नं. ६ कालीमन्दिर चोक बस्ने बसन्त परियारकी श्रीमती बर्ष ३२ की सम्झना खत्री परियार रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारी जानकारी दिनुभयो । त्यही सार्बजनिक भएको हुलियाका आधारमा घटना भएको ठाउँमा नै उनका श्रीमान आएको एसपी अधिकारीले जानकारी दिनुभयो ।

प्रेम सम्बन्ध हत्याको कारण
शुक्रवार घाँटी रेटिएको अबस्थामा फेला परेकी महिलाको बारेमा प्रहरीले निरन्तर सोधखोज र अनुसन्धान जारी राखेको थियो । यही क्रममा प्रहरीले एकजना ब्यक्तिलाई समेत पक्राउ गर्न सफल भयो । प्रहरीको प्रारम्भीक अनुसन्धानको आधारमा सप्तरी जिल्लाको कृष्णश्रवण गाउँपालिका ३ मट्टीगढा घरभई बुढिगंगा गाउपालिका ३ पोठियामा डेरा गरी बस्ने क्वालिटी नुडल्स फ्याक्ट्रीमा स्टोर ईन्चार्जको रूपमा कार्यरत बर्ष २५ को सुरेन्द्र प्रसाद साहलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका साह र मृतक सम्झना बिच विगत ३ बर्ष देखि प्रेम सम्बन्ध रहँदै आएको प्रारम्भीक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले जानकारी दिनुभयो । उनीहरु बिच बिभिन्न समयमा सम्पर्क र सम्बन्ध भएको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज बिराटनगरमा पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी दिँदै प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा साहलाई सार्बजनिक गरेको हो ।यसरी भयो सम्झनाको हत्या
माघ २१ गते मंगलबारको दिन थियो । मृतक सम्झना खत्री परियार विहान करिब १० बजेदेखि सुरेन्द्र साहको सम्पर्कमा थिईनन् । सुरेन्द्र साहले मृतक सम्झना खत्री परियारलाई पटक पटक टेलिफोन सम्पर्क गर्दा पनि सम्पर्कमा आईनन् ।
प्रहरीका अनुसार, दिउँसो १२ बजे सम्झनालाई भेट्नको लागि साह दुहवी नै पुगेका थिए । घरमा कोही नरहेको र ताल्चा लागेको देखेपछि सुरेन्द्र साहले छिमेकीलाई सोधीखोजी गर्दा सम्झना विहानै घरबाट निस्किएको भनि जानकारी दिएका थिए । छिमेकीको त्यस्तो जवाफ सुनेपछि पुनः फ्याक्ट्रीमा फर्किएर काम गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
अपरान्ह ४ बजे सम्झना खत्री परियारलाई उनी फेरी खोज्न निस्किए । त्यही क्रममा साहले बाँसबारी चोक अगाडि सम्झनालाई भेटे र आफ्नो मोटरसाईकलमा चढाएर बाँसबारी चोकबाट पश्चिम नहरको बाटो हुँदै दक्षिणतर्फ लगेको र विराटनगर महानगरपालिका वडा नं. १२ मलहनुवा रिङरोड छेउमा बसेर उनीहरुले कुराकानी गरेको समेत प्रहरीले जनाएको छ ।
कुराकानी कै क्रममा दुईजनाको वीच एकआपसमा झगडा हुँदा आवेगमा सुरेन्द्र साहले सम्झनाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या पछि मृतक सम्झानाकै सल घाँटीमा बेरेर साहले तान्दै उखुबारीमा लगेर धारिलो बाँसलाई हतियारको रुपमा प्रयोग गरी घाटी रेटे्र हत्या गरेको खुल्न आएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
घटनाको बिषयमा सम्झना खत्री परियारलाई आफुलेनै मारेको भन्दै साहले बयान समेत दिएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । मृतक सम्झना खत्री परियारलाई घट्नास्थलसम्म बोकेर लगेको मोटरसाईकल समेत प्रहरीले बरामद गरेको छ । उनलाई कर्तब्य ज्यान सम्बन्धि मुद्दा चलाईने उनले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्