रंगेलीको संसारी मन्दिरको मुर्ति चोरी गर्ने ब्यक्ति पक्राउ

रंगेलीको संसारी मन्दिरको मुर्ति चोरी गर्ने ब्यक्ति पक्राउ

विराटनगर । रंगेलीको संसारी माई मन्दीरबाट अबैध सामान चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको संसारी माई स्थान मन्दिरवाट रातको समयमा मन्दिरको कम्पाउण्ड नाघेर संसारीमाताको मुर्तिको टाउकोमा लगाउने चाँदीको मुकुट, छत्र, त्रिशुल, सिक्री र पित्तलको गणेश र छोटी माताको पुरानो मुर्ती लगायतको सामानहरु चोरीमा संलग्न एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सिसी टिभी फुटेजमा आधारमा ज १२ प ५४६८ नम्वरको मोटरसाईकल सहित रंगेली नगरपालिका ३ वस्ने भुवन पराजुलीलाई पक्राउ गरेको हो ।
पराजुलीको घरमा खानतलाशी गर्दा चोरी भएको सामानहरु मध्ये करिब ११ लाख ३५ हजार मुल्य बराबरको संसारी माताको मुकुट , पित्तलको गणेश र छोटीमाताको पुरानो मुर्ती लगाएतका सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका पराजुलीलाई उनले चोरी गरेको सामाग्री सहित आज जिल्ला प्रहरी कार्यालय मोरङले सार्बजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्