विराटनगरको न्यूरो हेल्थ कलेजको स्पोर्टस मिट सुरु

<span class='c1'>विराटनगरको न्यूरो हेल्थ कलेजको</span> <span class='c2'>स्पोर्टस मिट सुरु</span>

न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलद्वारा संचालित न्यूरो हेल्थ कलेजमा तिन दिने स्पोर्टस मिट सुरु भएको छ । स्पोर्टस मिटमा भलिबल , कबड्डी , एथ्लेटिक्स, चेस , क्यारमबोर्ड लगायतका खेलकुदको प्रतियोगिता आइतबारबाट सुरु भएकोे कलेज प्रमुख टिका प्रसाद निरौलाले जानकारी दिए ।

बिराटनगर १० स्थित न्यूरो हेल्थ कलेजको मैदानमा जारी तिन दिने स्पोर्टस मिटमा आज भएको भलिबल खेलमा दोश्रो बर्षमा अध्यन्रत नर्सिङका बिद्यार्थीहरुले पहिलो बर्षका नर्सिङका बिद्यार्थीहरुलाई २—१ सेटले पराजित गर्दै उपाधि जितेको छ । विजेता ,दोश्रो बर्षमा अध्यनरत नर्सिङका बिद्यार्थीहरु निशा राई , रामा जोशी , मार्टिना लिम्बु , युकेश राना मगर , प्रियङका राई र रोजिना साक्य रहेको खेलकुद संयोजक गौतम प्रसाद राजवंशीले बताए ।

यस्तै , भलिबल खेल मै , एच.ए. तर्फ तेश्रो बर्षमा अध्ययन्रत बिद्यार्थीहरुले , दोश्रो बर्षमा अध्ययन्रत बिद्यार्थीहरुलाई २—१सेटले पराजित गर्दै उपाधि जितेको छ । प्रतिस्पर्धात्मक रहेको सो खेलमा विजेता ,तेश्रो बर्षमा अध्यनरत एच ए. का बिद्यार्थीहरु सुमन लामा , मनोज कार्की , आशिस कुमार आश , दिलिप कुमार राजवंशी , निरज साह , आयुश कुमार राजवंशी रहेको कलेज प्रशासनले जनाएको छ ।
यता , नर्शिङ प्रथम बर्षकी , जानकी पंडित र दुर्गा बुढाथोकि बिच भएको बुद्धिचाल(चेस) खेलमा पंडित जितेकी छिन् । यस्तै दोश्रो बर्षकी रोजिना राई र रुजु साप्कोटा बिच भएको खेलमा रोजिना जितेकी छिन् । यता, प्रथम बर्षका एच. ए तर्फ राज कुमार साह र ओम चौधरी बिच भएको सो खेलमा ओम जितेका हुन् । त्यस्तै , तेश्रो बर्षका एच. ए तर्फ भएको दुइ खेलमा आयुष कुमार राजवैशी र कुन्ती यादब बिच आयुष जितेका हुन् भने जितेन्द्र यादब र समिर घिमिरे बिच भएको खेलमा जितेन्द्र जितेका हुन् ।

२०६५ सालमा स्थापना भएको कलेजमा बर्षेनि खेलकुद सप्ताह हुने गरेको छ । यता कलेजका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले , शैक्षिक क्रियाकलापसँगै शारीरिक विकास लागि खेलकुद सप्ताह आयोजना गरिएको बताए । तिन दिन सम्म चल्ने खेलमा सोमबार कब्बडी , एथेलेटिक्सहरु खेलाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्