प्रदेश सभा बैठक आजपनि अबरुद्ध, २ मिनेट २६ सकेण्ड बस्यो

प्रदेश सभा बैठक आजपनि अबरुद्ध, २ मिनेट २६ सकेण्ड बस्यो

विराटनगर । नेपाली कांग्रेसले आजको प्रदेश सभा बैठक पनि अबरुद्ध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिजय कुमार गच्छदार सहितको भ्रष्टाचार मुद्दामा संलग्न अन्यलाई समेत कार्वाहीको माग गर्दै सदन अबरुद्ध गरेको हो । सोमबारको प्रदेश सभाको बैठकमा राष्ट्रिय गान लगत्तै सभामुख प्रदिपकुमार भण्डारीले बैठक संचालन गर्न थालेपछि नेपाली कांग्रेसले सदन अबरुद्ध गरेको हो ।
२ मिनेट २६ सेकेन्ड संचालन भएको प्रदेश सभाको बैठक सबैभन्दा कम समय बसेको हो । सभामुख प्रदिपकुमार भण्डारीले अदालतमा गएको बिषय सदन अबरुद्ध गरेर समाधान नहुने जिकिर गर्दा गर्दै पनि कांग्रसका सांसदहरुले अबरुद्ध गरेका थिए ।
यो बिषय प्रदेश सभाबाट समाधान नहुने भन्दै सभामुख भण्डारीले सम्बन्धित ठाउँबाट नै समाधान हुने भएकोले प्रदेश सभाको बैठक अबरुद्ध नगराउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्