बालबालिका लागुऔषधको दलदलमा, विराटनगरबाट १४ बर्षिय बालक पक्राउ

बालबालिका लागुऔषधको दलदलमा, विराटनगरबाट १४ बर्षिय बालक पक्राउ

विराटनगर । खुल्ला सिमाको फाइदा उठाउँदै गिरोहले लागूऔषध तस्करीमा बालवालिकाको प्रयोग गर्ने गरेको भेटिएको छ । भारतको जोगवनीबाट लुकाएर ल्याउदै गरेको लागुऔषध सहित एक बालक पक्राउ परेपछि यस अघि बालबलिकालाई गिरोहले प्रयोग गर्ने गरेको तथ्य बाहिर आएको हो ।
धरानका १४ वर्षिय बालकको शरिरमा टेपले बाँधेर लागु औषध ल्याउँदै गरेको अबस्थामा विराटनगर १२ मा रहेको बखरी प्रहरी चौकीका ईन्चार्ज गंगा बहादुर खत्री नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
नहरको बाटो हुँदै आएका बालकलाई सोमबार विराटनगर १२ आइतबारेको नहरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
‘जोगवनीमा लागूऔषध सेवन गरेपछि तस्करीमा संलग्न गिरोहले लागूऔषध बालकको शरिरमा टेपले बाधेर पठाइदिएको पाइयो,’ उपरीक्षक अधिकारीले भन्नुभयो, ‘ती बालकलाई तस्करीमा संलग्न गिरोहले गन्तब्यसम्म पु¥याए बापत १५ सय रूपैयाँ दिने सहमति गरेका रहेछन् ।’
प्रहरीले पक्राउ गरेको ती बालक लागूऔषध दुव्र्यसनी रहेको पाइएको छ । तीन महिनादेखी लागूऔषधको लतमा लागेको उनले प्रहरीलाई बयान दिएका छन् । प्रहरीले उनको साथबाट ७५ सेट लागूऔषध बरामद गरेको छ । एभिल २५ सेट, डाइजे २५ सेट र नरफिङ २५ सेट गरि ७५ सेट लागूऔषध बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्