विराटनगरको रानीमा पाकिजा होटल संचालनमा

<span class='c1'>विराटनगरको रानीमा पाकिजा</span> <span class='c2'>होटल संचालनमा</span>

विराटनगर । नेपाल भ्रमण बर्ष २०२० को प्रवद्धन गर्ने उद्धेश्यसहित विराटनगर सिमाक्षेत्रमा रानीमा फेमिलि होटल संचालनमा आएको छ । विराटनगरका युवा नेता मोहम्मद फैयाजले रानी बोर्डर बस पार्क नजिकै पाकिजा होटल एण्ड फास्ट फुड संचालनमा ल्याएका हुन् ।
आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्षित गरी ल्याएको होटलको प्रदेश एकका सांसद जयराम यादव र समाजबादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादवले उदघाटन गरे ।
जोगबनी भएर आउने भारतीय पर्यटक र आन्तरिक पर्यटकलाई ध्यानमा राखेर फेमिली रेस्टुरेन्ट संचालनमा ल्याइएको जनाइएको छ । १० लाखको लगानीमा संचालनमा ल्याइएको होटलमा मध्यपान र धुम्रपान निषेध गरि पुर्ण पारिवारीक वातावरण उपलब्ध गराईने संचालक फैयाजले जानकारी दिए ।
होटलमा आउने पर्यटक र आगन्तुकलाई प्रदेश एकका साथै देशभरिका पर्यटकीय स्थलहरुको जानकारी उपलब्ध गराईने संचालक फैयाजले बताए । होटल उदघाटन समारोहमा नेपाली काँग्रेसका नेता राजेश गुप्ताका साथै वडा नम्बर १५ का वडाध्यक्ष असलम आलम लगायतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्