सुभाष भण्डारी ।
विराटनगर । ज्योति लाईफ इन्स्योरेन्सले सोमबार घातक रोगको उपचारको लागि बिराटनगर १२ बस्दै आउनु भएका बिनोद राई लाई बीमा सम्झौता बमोजिम २ लाख रुपैयाँ प्रदान गरेको छ । शाखा प्रबन्धक कबिराज दाहाल, मौसम राई एवं अभिकर्ताको साथमा कम्पनीको १ नम्बर प्रादेशिक कार्यलयका प्रमुख मदन कुमार गौतमले सो चेक हस्तान्तरण गरेका हुन् । हाल उपचारको क्रममा रहेका राई ज्योति लाईफको घातक रोगको बीमा बापतको रकम पाउँदा आफूले नयाँ जीवन पाएको अनुभव गरेको बताए ।
२ बर्ष अघि २ लाख बीमाङ्क घातक रोग सुविधा सहितको विमा पोलिसी खरिद गरेको र सोही सम्झौता बमोजिम पित्तथैलीको क्यान्सर प्रमाणित भएकोले उपचार खर्च भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
ज्योति लाईफले विभिन्न ३५ वटा घातक रोगको उपचार खर्च बापत ५० लाखसम्म दावी भुक्तानी गर्ने गर्दछ ।