पर्यटकको गन्तव्य बढ्दै इलाम : कन्याम देखि अन्तुसम्म पर्यटकको घुइचो

पर्यटकको गन्तव्य बढ्दै इलाम : कन्याम देखि अन्तुसम्म पर्यटकको घुइचो

एन्जु शिवाकोटी
स्वर्गको एक नगरी हो इलाम भन्दा फरक नपर्ला । प्राकृतिक ?पमा अतिनै सुन्दर मानिएको इलाम एउटामात्र हैन, यहाँ धेरैवटा पर्यटकीय स्थल छन् । प्राकृतिक रुपमा सुन्दर यहाँका ठाउँहरूले जो कोहीको मनलाई लोभ्याउने गर्दछ ।
इलामको पहिचान नेपालमै पहिलो चिया बगानको रुपमा रहेको छ । चारैतिर देखिने हरियालिले सबैको मनलाई लोभ्याउने गर्दछ । त्यति मात्र नभई घरिघरी बादल र घामको लुकामारिले परिवतर्न भइरहने मौसमले झनै स्वर्गको आवास गराउने गर्दछ ।

चियाको जिल्ला भनेर चिनिने इलाम चियाको लागी मात्र नभई अन्य थुप्रै कुरामा अगाडि छ । ओलन, अकवरे, अम्लिसो, अलैँची, आलु लगायतका नगदेबाली उत्दापदमा उत्कृष्ठ भूमिको रुपमा समेत इलाम अगाडि आउँछ ।
यहाँको भौगोलिक परिवेश, नगदे बाली, जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, तालतलैया, झुल्के घामले पनि इलाम भित्रिने पर्यटकहरुलाई आकर्षित गर्ने गरेको पाइन्छ ।
इलाम बजारभित्र रहेका नारायणथान, माईथान, सिंहबाहिनी सेतीदेवीले अनि इलाम बजार बाहिर रहेका पाथीभरा, गजुरमुखी, माइपाखरी लगायतका धार्मिक क्षेत्रहरूले पनि पर्यटकह?लाई इलामतर्फ डोर्याउने गर्दछ ।

पर्यटकीय गन्तव्य : अन्तु
२ हजार ३ सय २८ फिट उचाइमा रहेको अन्तु फिक्कलबाट १३ किलोमिटर सडक पार गरेपछि पुगिन्छ । जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित अन्तु सूर्योदयका लागि उत्कृष्ठ गन्तव्यका रुपमा परिचित छ । सूर्योदय हेर्न उत्कृष्ट स्थान मानिएको अन्तुमा भौतिक पूर्वाधार विकासदेखि पर्यटकको वृद्धिका लागि यहाँका स्थानिय लागिपरेका छन् ।
लोपोन्मुख १० जाति मध्येको लेप्चा जातिको पनि एक हुन । लेप्चा जातिहरु यस स्थानमा परापूर्व काल देखि बस्दै आई रहेका छन् । अतिथि सत्कार पर्यटन भित्र्याउने यहाँको प्रमुख पाटो हो । अतिथि सत्कारका लागि यहाँ ६८ बटा होमस्टेहरु सञ्चालनमा रहेको र होमस्टेहरुले शुद्ध अर्गानिक खाना खुवाउने गरेको सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले बताए । पर्यटक प्रवद्धनका लागि स्थानिय सरकारसँग अपिल गरिएको उनको भनाई छ ।

यहाँ असोजको पहिलो सातादेखि पर्यटकह?को बढी भिड लाग्ने गर्दछ । व्यवस्थित सडक र अन्तुपोखरीमा डुंगा निरन्तर चल्ने हुँदा १२ महिना नै पर्यटकको उपस्थिति हुने गर्छ ।

कन्याम
मेची राजमार्ग सँगै जोडिएको कन्याम झापाबाट इलाम आवागमनमा विच बाटोमा नै पदर्छ । चियाको पर्याय बनेको कन्याम वनभोज स्थलले चर्चित छ । असोजदेखि वैशाखसम्म वनभोज आउनको यहाँ देखिन्छन् । मेची राजमार्गले चिरेको कन्याम चिया बगान फिक्कलभन्दा १० किलोमिटर नजिक पर्छ । कन्याममा तराईबाट असाध्य गर्मी हुने भएकाले चिसोको आनन्द लिन पर्यटक प्राय आउने गरेका छन् । यो क्षेत्र प्रेम जोडीहरूको घुम्ने तथा नव बिवाहित जोडीहरूको हनिमुन मनाउने ठाउँ भनेर समेत चिनिन्छ ।

केही समय यता जातिय पोशाक लगाएर फोटो खिच्ने प्रवृति बढेको छ । जातिय पोशाक भाडामा राखेर थुप्रै मानिसहले व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् । जातिय पोशाक लगाएर फोटो खिच्न पर्यटकह असाध्यै  आउने गरेको र दिनमा २ सय देखि ३ सय जनाले जातिय लुगा लगाउने गरेको ३ बर्ष देखि यस पेशालाई अगाल्दै आइरहेकी २५ बर्षिय मिना तामाङले बताइन् ।

कन्यमको अर्को आकर्षण घोडा चडेर कन्यम घुम्नु पनि हो । हाल कन्यममा ३९ वडा घोडा व्यवसायिक रुपमा सञ्चालनमा रहेको घोडा चडी संघका सदस्य मन्दिप तामाङले जानकारी दिए । उनका अनुसार दैनिक रुपमा १ हजार देखि १५ सय सम्म आम्दानी हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्