नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा : लक्षण र बच्ने उपाय यस्ता !

नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा : लक्षण र बच्ने उपाय यस्ता !

कोरोना भाइरस विश्वभर तीव्र रुपमा फैलिएको छ । बरु चीनमा भने संक्रमणको दर घटेको छ । यो भाइरस हालसम्म ६० भन्दा बढी देशहरुमा फैलिसकेको छ ।

नेपालमा रसुवामा एकजना महिलामा कोरोना देखिएको थियो । उनी उपचारपछि घर फर्किएकी छिन् । तर नेपाल उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले पनि भनेको छ ।

चीनसँगको सीमाना र चीनबाट दैनिक आउने हजारौं यात्रुहरुको कुनै चेकजाँच नगरी नेपाल प्रवेशले कोरोना नेपालमा फैलिन सक्दैन भन्न सकिन्न । कुनै दिन कोरोनाको महामारी नेपालमा फैलिन सक्छ । त्यसका लागि सावधानी भने अपनाउन जरुरी छ । जसका कारण यसको फैलने क्रम तीव्र नहोस् ।

विश्व स्वास्थ्य संगठन, पब्लिक हेल्थ इग्ल्याण्ड तथा नेशनल हेल्थ सर्भिस (एनएचएस) बाट प्राप्त सूचनाको आधारमा कोरोना भाइरसबाट बच्न निम्न उपाय अपनाउन सकिन्छ ।

संक्रमणबाट कसरी बच्न सकिन्छ त ? 

कोरोना भाइरस एक जनाबाट अर्कोमा कसरी सर्छ अहिलेसम्म पता लाग्न सकेको छैन । भनिन्छ, कोरोना भाइरसको मिल्दो जुल्दो भाइरस खोकी तथा रुघाका कारण आउने सिँगान र र्‍यालमा पाइन्छ ।

जसको कारण कोरोना  फैलिन्छ । त्यसैले एनएजएसको सल्लाह दिएको छ, आफ्नो हात राम्ररी धुनु पर्दछ । खोक्दा वा हाछ्यु गर्दा आफ्नो मुख हातले ढाक्नुपर्छ ।

यदि हात फोहोर भए रुमाल अथवा टिस्यु पेपरको प्रयोग गर्न सकिन्छ । कोरोना भाइरस पार्सल, चिठ्ठी वा खानाको कारण फैलिन्छ भन्ने कुनै प्रमाण भेटिएको छैन् ।

कोरोना भाइरस जस्तो भाइरस शरीर भन्दा बाहिर धेरै समय जिउँदो रहन सक्दैन् ।

कति खतरा

बेलायतको चिफ मेडिकल अफिसर्सले सार्वजनिक खतराको स्तर थोरैबाट मध्यम गरिदिएको छ तर एनएचएसका अनुसार व्यक्तिगत रुपमा जोखिम कम छ ।

हुन त यस्ता देशहरुपनि छन् जहाँ कोरोना भाइरसबाट ग्रस्त व्यक्तिको सम्पर्कमा हुनेको संक्रमित हुने ज्यादै खतरा हुन्छ ।

यसैकारण बेलायतमा चीन, इटाली तथा इरानबाट फर्केका मानिसका लागि खाश सल्लाह जारी गरिएको छ ।

यदि तपाई यसबाट संक्रमित हुनुहुन्छ भने हल्का लक्षणहरु देखिन्छन् । तपाई यस संक्रमणबाट बाहिर निस्कनपनि सक्नुहुन्छ ।

वैज्ञानिकका अनुसार बिरामीबाट हुने मृत्यु को दर कम छ । यो १/२ प्रतिशतको बीच छ । यो पनि पता लागेको छ, जसको मृत्यु भयो उनीहरु कि त बढी उमेरका थिए कि पहिलेबाटै बिमारी थिए ।

तर ध्यान दिनुपर्ने कुरा यो छ कि भाइरसको सुरुवाती स्तर तथा हल्काफुल्का लक्षणको अहिले गन्ती गरिएको छैन् । यसै कारण संक्रमिमतबाट आएको संख्या पुरै भरपर्ने खालको भने छैन् ।

लक्षण के के हुन् ? 

कोरोना भाइरस (कोभिड १९) को लक्षणमा पहिला ज्वरो आउँछ । यसपछि सुख्खा खोकी लाग्छ र एकहप्तापछि श्वास फेर्न गार्हो हुन्छ ।

तर, यस लक्षणको मतलब यो होइन की तपाईलाई कोरोना भाइरस नै भएको छ । अन्य भाइरसका कारणपनि यस्ता लक्षण देखिन सक्छ ।

कोरोना भाइरसको गम्भीर लक्षणमा निमोनिया, श्वास लिन धेरै गार्हो, किड्नी फेल हुनु र मृत्यु नै हुन सक्छ ।

वृद्ध मानिस तथा जसमा पहिलाबाटै केही बिमारी छ जस्तो मधुमेह, मुटुको बिमारी लगायतलाई खतरा गम्भीर हुनपनि सक्छ ।

आफूलाई एक्लो राख्न सकिन्छ

यदि तपाई संक्रमित ठाउँबाट आउनुभएको छ या कुनै संक्रमित व्यक्तिको सम्पर्कबाट आउनुभएको छ भने तपाइलाई एक्लै बस्दा राम्रो हुन्छ ।

यस्तो अवस्थामा यो तरिका अपनाउन सकिन्छ ।

- घरमै बस्नुस

- अफिस स्कुल तया सार्वजनिक ठाउँमा नजानोस्

- सार्वजनिक बस, ट्याम्पो या ट्याक्सीमा यात्रा नगर्ने

- घरमा पाहुनाहरु नबोलाउने

घरका सामानहरु सकिन्छ भने अरुलाई नै मगाउने

यदि तपाई अन्य मानिसको साथ रहनुहुन्छ भने अझ सर्तकता अपनाउनुपर्छ । छुट्टै कोठामा बस्नुस र साझा भान्छाकोठा र ट्वाइलेटको लगातार सफा गरिराख्नुपर्छ । १४ दिनसम्म यस्तो गर्नुस जसका कारणस संक्रमण नहोस् ।

कोरोना भाइरसबाट संक्रमित पाए

अहिले कोरोना भाइरसको कुनै उपचार छैन् । तर यसमा बिमारीको लक्षण कम हुने औषधी दिन सकिन्छ । जब तपाई ठीक हुनुहुन्न तबसम्म तपाई अर्को व्यक्तिबाट अलग नै रहनुस्

। कोरोना भाइरसको उपचारका लागि भ्याक्सिनको पता लगाउने काम भइरहेको छ । आशा गरौं यो वर्षको अन्तिमसम्म मानिसमा यसको परीक्षण होस् । केही अस्पतालले एन्टी भाइरसको औषधीको परीक्षण गरिरहेका छन् ।एजेन्सीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्