साइबर अपराध : ब्लयाकमेलिङ, गाली र पारिवारिक जीवनमा दखल गर्ने बढी

साइबर अपराध : ब्लयाकमेलिङ, गाली र पारिवारिक जीवनमा दखल गर्ने बढी

मुकुन्द गैरे

काठमाडौं फागुन २० गते । नेपालमा सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या बढ्दो छ । यसको वृद्धिसँगै दुरुपयोग पनि त्यतिकै मात्रामा बढेको पाईएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर गरिने अपराधलाई साइबर क्राइम भनिन्छ धेरैले जानाजान यस्तो अपराध गर्ने गरेको र थोरैले मात्र अन्जानमा गर्ने गरेको प्रहरीको दावी छ ।

सामाजिक सञ्जाल मार्फत ठगी, ब्लयाकमेलिङ्,अरुको व्यक्तिगत तथा पारिवारिक जीवनमा दख्खल पु¥याउने जस्ता घटना हुने गरेको छ । त्यस्तै अरुमाथि अनावश्यक गालीगलोज तथा सामाजिक सञ्जाल दुरुपयोग गर्दै व्लयाक मेलिङ गर्नेको संख्या बढ्दै गएको पाईएको हो ।
महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रहरी निरीक्षक कलिलाराज डाँगीले धेरै मात्रामा व्लयाकमेलिङ गर्ने उद्देश्यले सामाजिक सञ्जाल दुरुपयोगको भएको बताउनुहुन्छ ।

धेरै व्लयाकमेलिङ गरेर पैसा वार्गेनिङ गर्ने गरेको उजुरी आउने गरेको उहाँ बताउनुहुन्छ । सामाजिक सञ्जाल प्रयोग गर्न नजानेर हुने अपराधजम्मा पाँच प्रतिशतमात्र रहेको उहाँको भनाई छ ।

मानिसको गोप्य सूचना फेक आइडी बनाएर वा ह्याक गरेर तेरो यस्तो कुरा थाहापाएँ यति पैसा दिन्छस कि सार्वजनिक गर्दिम भनेर मानसिक तनाव दिएर पैसाको वार्गेनिङ गरेका उजुरी आउने गरेको साईबर उपराध सम्वन्धी हेर्दै आउनु भएका डाँगी बताउनुहुन्छ ।
साथै पारिवारिक झै झगडा गराईदिएर आफूले फाईदा लिने उदेश्यले पनि सामाजिक सञ्जालको दुरुपयोग हुने गरेको अपराध महाशाखाको भनाई छ ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुका अनुसार आर्थिक वर्ष २०७३/२०७४ देखि २०७५/२०७६ सम्म ४ हजार ६ सय १७ साईबर अपराध सम्बन्धी उजुरी परेको महाशाखाले जानकारी दिईएको छ । यसै गरि यो आ.वको सात महिनामा ७ सय ३४ उजुरी परेको महाशाखाको तथ्याङ्क छ ।

साइबर अपराधगर्नेहरुमा पढेलेखेका समाजका प्रतिष्ठित व्यक्तिविरुद्ध पनि उजुरी आउने गरेको महाशाखाको भनाई छ । अर्कोतिर वैदेशिक रोजगारीमा विदेशमा रहेका नेपालीहरुले यहाँबाट अपराधगर्दा प्रहरीले पक्राउ गर्न सक्दैन भनेर लापरवाहीले जे पायो त्यही लेख्ने र पोष्ट गर्ने गरेको पाईएको महाशाखाको भनाई छ ।

त्यस्तो साईबर अपराधगर्ने व्यक्तिलाई घुमाउरो पाराले नेपालमा ल्याएर कारवाही गर्ने गरेकोले स्वदेश वा विदेश जहाँबाट दुरुपयोग गरे पनि कानुनी दायरामा ल्याउने काम भईरहेको प्रहरी निरीक्षक डाँगी बताउनुहुन्छ ।

इन्टरनेट तथा प्रविधिको प्रयोगबाट बालबालिकामा पर्ने असरबारे कामगर्दै आएको संस्था चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशी मानिसमा चेतनाको कमी र साईबर अपराधगर्ने माथि पनि प्रर्याप्त कारवाही नभएको कारण सामाजिक सञ्जालमा हुने अपराध कम हुन नसकेको बताउनुहुन्छ । धेरै सामाजिक सञ्जाल चलाउने व्यक्तिलाई सामाजिक सञ्जाल कसरी सुरक्षित राख्ने भन्नेमा ज्ञान नै नभएको रघुवंशी बताउनुहुन्छ ।

सरकारले इन्टरनेट कसरी चलाउने किन चलाउने भन्ने विषय सँगै कानुनी विषयमा समेत जनचेतना फैलाउन आवश्यक भएको उहाँ बताउनुहुन्छ । पछिल्लो समय बच्चाका लागि आमा–बुवाले नै भुलाउने नाममा मोवाइल कम्प्यूटर दिएर कुलतमा काफसाउने कामभईरहेकाले मोवाईलबाट टाढा राख्न आवश्यक भएको उहाँ बताउनुुहुन्छ ।

बच्चालाई नेट चलाउन दिँदा उनीहरु आफनो गृहकार्य गरेर वा ज्ञान मूलक कुरा हेरेर बसेका छन् वा गलत कुराहरु त्यस बारे बुवा–आमाले ख्यालगर्न जरुरी रहेको चाइल्ड सेफ नेटका अध्यक्ष रघुवंशी बताउनुहुन्छ ।

७१ प्रतिशतमा इन्टनेटको पहुँच

नेपालको कुल जनसंख्याको ७१ प्रतिशतभन्दा बढी इन्टरनेटको पहँुचमा रहेको बताईन्छ । नेपालमा इन्टरनेटको प्रयोग १९९४ देखि भए तापनि फेसबुकको प्रयोग २००४ साल देखिभएको हो ।  यसमा एक करोड भन्दा बढीले फेसबुक चलाउने गरेको इन्टरनेट सम्बन्धी अनुसन्धान गर्दै आउनु भएका चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशी बताउनुहुन्छ ।  साथै मोवाईलमा इन्टरनेट चलाउन प्रयोगकर्ता ५० प्रतिशत रहेको छन् ।

पहिलाको तुलनामा वर्सेनि नेपालमा इन्टरनेट चलाउनेको संख्या बढ्दो छ । २००३ मा ०. १३ प्रतिशतले इन्टरनेट चलाउने गरेकोमा २००९ मा २.६५ पुगेको देखिन्छ ।
यसै गरि २०१४मा ३८. ०९ भएकोमा २०१९ नोभेम्बर स ्र रुपमा इन्टरनेट प्रयोगकर्ता बढेर ७१. ५२ रहेको रघुवंशी बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्