भारतमा कोरोना भाइरसबाट ३० जना संक्रमित

भारतमा कोरोना भाइरसबाट ३० जना संक्रमित

नयाँदिल्ली : भारतमा कोरोना भाइरसबाट ३० जना संक्रमित भएका छन्। भाइरसबाट संक्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन्।

यसअघि बिहीवार संघीय स्वास्थ्यमन्त्री डा. हर्षवर्धनले यही मार्च ४ देखि अहिलेसम्म २९ जना संक्रमित भएको बताएका थिए। राज्यसभामा बोल्दै उनले भने, ‘देशभर यही मार्च ४ देअि अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितहरूको संख्या २९ पुगेको छ।’ उनले आफू र आफ्नो टोलीले कोरोना भाइरस फैलिएको अवस्थाको अनुगमन र मूल्यांकन गर्दै समीक्षा र विश्लेषण गरिरहेको पनि जानकारी दिए।

कोरोनाको संक्रमण देशभित्र प्रवेश गर्न नदिन सरकारका तर्फबाट गत जनवरी १७ देखि नै विभिन्न प्रयास गरिएको मन्त्रीले बताए। विश्व स्वास्थ्य संगठनको सुझाव र आग्रह अगाडि नै आफूहरूले सावधानीस्वरूप काम थालिसकेको उनलदे दाबी गरे। उनले सरकारका तर्फबाट गम्भीरतापूर्वक काम भइरहेको पनि बताए।

उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायतका नाकामा विशेष टोलीद्वारा अनुगमन नियन्त्रण र व्यवस्थापनको काम गरिएको उनले सदनलाई जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्