विराटनगरसंगै रहेको भारतको सिमाक्षेत्र जोगवनीबाट भारत छुट्ने बसमा ९५ प्रतिशत नेपाली यात्रु

विराटनगरसंगै रहेको भारतको सिमाक्षेत्र जोगवनीबाट भारत छुट्ने बसमा ९५ प्रतिशत नेपाली यात्रु

एन्जु शिवाकोटी

विराटनगर । विराटनगर देखि ६ किलो मिटरको दुरी पार गरिसकेपछि भारतको सिमाक्षेत्र जोगवनी पुगिन्छ । दैनिक रुपमा विराटनगर हुदै ३ हजार देखि ५ हजार जना जसो नेपालीहरु त्यहाँ सामान किनमेल गर्न पुग्ने गर्दछन् । ती नेपाली अनुहारमध्ये केही मानिसहरु जोगवनी हुदै भारतको विभिन्न ठाँउहरुमा काम गर्ने, घुम्ने तथा औषधि उपचार गराउने सिलसिलामा आ–आफ्ना सपना बोकेर भारत जाने गर्दछन् । कसैका सपना साकार पनि भए होलान त कतिका अधुरा नै ।

यात्रुहरुले जोगवनीबाट भारतका विभिन्न ठाँउमा जानको लागि रेल र गाडीको प्रयोग गर्ने गर्दछन् । जस मध्ये बस सुविधा र सुरक्षाका दृष्टिकोणले रेल भन्दा बस उपयुक्त मानिन्छ । जोगवनी नाका देखि १ किलो मिटरको दुरी पार गरिसके पछि बसपार्क पुगिन्छ । जहाँ सुविधायुक्त गाडीहरु देख्न सकिन्छ । यहाँबाट दरभंगा, हाजीपुर, मुम्बई, मद्रास, तिरुपुर, पंजाब, बनारस लगाएतका ठाउँहरुको लागि प्रत्येक दिन १० देखि १२ वटा गाडीहरु छुट्ने गर्दछन् । बस पार्कमा भएका बसहरु मध्येमा एक बस छ जसको नाम नै काफि हुन्छ यात्रुहरुका लागि । राजरथ ट्रेभल्स । जुन बसले विगत ३० बर्ष देखि सेवा दिदै आइरहेको छ ।

डेढ दशक पार गर्दा पनि यो बसले कुनै त्यस्तो दुर्घटना नभएका कारण पनि यो बस सबै यात्रुहरुका लागि लोकप्रिय छ । ३० बर्ष सम्मको यात्रामा ९५ प्रतिशत नेपालिहरुले यात्रा गर्ने गरेको बस सञ्चालक मुन्ना शाहाले बताए । यहाँ देखि पटना ३ सय ५० किलो मिटरको दुरी सम्मको यात्रा यस गाडीले गर्ने गरेको छ । प्रति व्यक्ति पटनासम्मको ३ सय रुपैँया लाग्ने गर्दछ । मोदि सरकार आउनु भन्दा पहिला गाडीमा जान यात्रुहरु त्यति     सुरक्षित थिएन । साथै गाडी सञ्चालकहरुले पनि सास्ती खेप्नु पर्ने बाध्यता थियो ।हाल यात्रा सुरक्षित रहेको गाडी चालक सञ्जय यादवले बताए । उनी भन्छन्–‘ पहिला भन्दा धेरै राम्रो भएको छ । बाटोमा नेपाली यात्रुहरुमाथी   दुरव्यवहार भएमा प्रहरी तुरुन्तै घटना स्थलमा पुग्ने गरेका छन् । ४० सिट क्षमता भएको यस गाडीमा एक जना यात्रुहरु पनि बढी राख्न नपाइने प्रावधान रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्