शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी

<span class='c1'>शशांक कोइरालालाई महाधिवेशनका १५-२०</span> <span class='c2'>समिति गठन गर्ने जिम्मेवारी</span>

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालालाई दिएको छ ।

आज चुनदेवीमा बसेको देउवा पक्षीय नेताहरूको बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक समितिहरू गठन गर्ने सम्पूर्ण जिम्मेवारी कोइरालालाई दिने निर्णय गरेको नेता जीतजंग बस्नेतले जानकारी दिए ।

उनले भने, ‘ लगभग १५–२० वटा समिति छन् । ती समितिहरू गठन गर्नको लागि जिम्मा हामीले १५औँ महाधिवेशनका संयोजक डा. शशाङ्क कोइरालालाई दिएका छौँ । अब उहाँले भोलिसम्म संयोजकहरू निर्णय गर्नुहुन्छ, अनि त्यसपछि संयोजकहरू आएपछि आफ्नो कमिटीमा सदस्यहरू राखेर यो महाधिवेशनको सम्पूर्ण कामहरू थालनी गर्नुहुन्छ ।’बस्नेतका अनुसार कोइरालाले भोलिसम्म विभिन्न समितिका संयोजकहरू चयन गर्नेछन् । त्यसपछि सम्बन्धित संयोजकहरूले आफ्नो समितिमा सदस्यहरू मनोनयन गरी महाधिवेशनको तयारीसम्बन्धी काम अघि बढाउनेछन् ।

महाधिवेशन सम्पन्न गर्न व्यवस्थापन समिति, स्वयंसेवक समिति, मञ्च व्यवस्थापन समितिलगायत करिब १५ देखि २० वटा समिति गठन गरिने बस्नेतले बताए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले आफूहरू नै नेपाली कांग्रेसको आधिकारिक पक्ष भएको दाबी गरे । उनले पार्टीको विधान, संविधान, निर्वाचन आयोगका पूर्वनिर्णय, सर्वोच्च अदालतका नजिर तथा पार्टीको परम्पराका आधारमा आधिकारिकता आफूहरूले पाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्