विराटनगरमा जारी अन्तर कलेज फुटबल अन्तर्गत कान्तिपुर र महेन्द्र मेमोरियल विजयी

विराटनगरमा जारी अन्तर कलेज फुटबल अन्तर्गत कान्तिपुर र महेन्द्र मेमोरियल विजयी

विराटनगर । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा कान्तिपुर र महेन्द्र मेमोरियल कलेज विजयी भएका छन् ।
विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा विराटनगरको कान्तिपुरले विराटनगरकै कोसी मल्टिपल कलेजलाई पराजित गरेको छ भने दुहबीको महेन्द्र मेमोरियल एकेडेमीले रंगेलीको जनप्रिय माविलाई पराजित गरेको छ ।


प्रतियोगिताको पहिलो खेलमा कान्तिपुर कलेजले कोसी कलेजलाई २–० गोलअन्तरमा पराजित गरेको छ । ३३ औं मिनेटमा कान्तिपुरका विमल राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेट श्यामु मुर्मुले टोलीका लागि थप गोल गरे । खेलको म्यान अफ द म्याच कान्तिरपुरका श्याम मुर्मु भए । उनले नगद ३ हजार १ सय रुपैयाँ प्राप्त गरे ।
त्यस्तै दोस्रो खेलमा महेन्द्र मेमोरियलले जनप्रिय माविलाई ३–० गोलमा पराजित गरेको छ । खेलको २९ औं र ४६ औं मिनेटमा महेन्द्र मेमोरियलका सुजन राईले गोल गरे भने ५४ औं मिनेटमा सन्देश श्रेष्ठ गोल थपेका थिए । खेलको म्यान अफ द म्याच महेन्द्र मेमोरियलका सुजन राई भए । उनले नगद ३ हजार १ सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा ग्रिनल्याण्ड, निहारिका, रेडस्टार, हिमालय दर्शन, कान्तिपुर, कोसी मल्टिपल, बुद्ध इंग्लिस बोर्डिङ र महेन्द्र मेमोरियल एकेडेमीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथ १ वर्षको ५ लाख रुपैयाँको बिमा, उत्कृष्ट गोलरक्षकले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा, सर्वाधिक गोलकर्ताले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट डिफेन्स र मिडफिल्डले जनही नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने म्याद अफ द म्याच हुनेले ३१ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
शुक्रबारको पहिलो खेल विराटनगरका हिमालय दर्शन र निहारिका कलेज तथा दोस्रो खेल पथरीको रेडस्टार र विराटनगरको ग्रिनल्याण्ड कलेजबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्