विराटनगरमा पनि कोरानाको प्रभाव, होटल व्यावसायदेखी सिनेमा हलसम्म प्रभावित(भिडियो सहित)

विराटनगरमा पनि कोरानाको प्रभाव, होटल व्यावसायदेखी सिनेमा हलसम्म प्रभावित(भिडियो सहित)

प्रेम देवान
विराटनगर । संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा, सम्मेलन र भिडिभाड जस्ता कार्यक्रममा सहभागी नहुन अपिल गरेसंगै विराटनगरमा पनि यसको केही प्रभाव देखिएको छ ।
चीनको वुहान शहरबाट सुरु भई हाल संसारभर फैलने क्रममा रहेको नोबल कोरोना भाईरस ( कोभिड१९ ) ले नेपालमा पनि आतंकित तुल्याईरहेका बेला यहाँका व्यापार व्यावसायमा पनि प्रत्यक्ष असर पर्न थालेको छ ।

भिडियो सहित :


कोरोना भाइरसको प्रभाव बढ्दै गएको अवस्थामा विराटनगरमा रहेका होटल व्यावसाय , सिनेमा हल , अस्पताल र स्कुल कलेजहरुमा पनि यसको प्रभाव देखिन थालेको छ । ‘कोरोनाको संक्रमणको त्रासका कारण विराटनगरमा हुने अधिकास कार्यक्रमहरू रोकिएका छन् । अधिकांश स्कुलहरूले पनि आफ्ना वाषर््िाक रुपमा आयोजना गर्ने कार्यक्रमहरु स्थगित गरेका छन् । विभिन्न संघ सस्थाले आयोजना गर्ने कार्यक्रमहरु पनि रोकिएका छन् ।


विराटनगरका होटलहरुको सेमिनार हलहरु पनि सुन्य छन् यति बेला । त्यति मात्र हैन होटलहरुमा ग्राहकहरुको समेत कमि हुन थालेको रत्न होटल प्रालीका संचालक रेवत बहादुर थापाले बताउनुभयो । होटलमा पहिलेको तुलनामा एकदमै कम आउन थालेको थापाको भनाई छ । कोरोना भाइरसको कारण विराटनगरका अधिकास होटल व्यावसायीहरु डुब्ने अवस्थामा पुगेको थापाको गुनासो छ । होटलका कर्मचारीलाईलाई तलव दिन नै समस्यामा परेको उहाको भनाई छ ।


यता विराटनगरका मल्टिप्लेक्स सिनेमा हलहरुमा पनि विगतको जस्तो दर्शकहरुको भीड कम हुने गरेको भाटभटेनी क्यूएफएक्स विराटनगरका मेनेजर राजन थाडा मगरले बताउनुभयो । यसैविच फिल्म हेर्न आएका दर्शकलाई कोरोना भाइरसको संक्रमण हुन नदिन सतर्कता अपनाउन थालेको सिटी सिनेमा विराटनगरका संचालक शंकर मेहताले बताउनुभयो । हलमा सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गर्ने गरेको पनि उहाले जानकारी दिनुभयो ।


कोरोना भाइरस भनेर चिनिने ‘कोभिड–१९’ को संक्रमण विश्वका विभिन्न देशमा फैलिने क्रम तीव्र भइरहेका छ । विश्व स्वास्थ्य संगठनले सबै सदस्य राष्ट्रलाई सतर्क रहन चेतावनी दिए सगै यहाका अस्पतालहरुले पनि यसको लागी सतर्कता अपाउन थालेको छ । कोशी अस्पतालमा आउने विरामीहरुका लागी प्रत्येक वाड र ओपिडी कक्षमा पनि सेनिटाईजरको व्यावस्था गर्ने कोशी अञ्चल अस्पतालका बरिष्ठ चिकित्सक लक्ष्मी नारायण यादव बताउनुभयो ।
कोरोना भाईरसको संक्रमणको सन्त्रास बढ्दै गएकोले शैक्षिक शत्र २०७६ को परीक्षा चैत्र ५ गते भित्र सम्पन्न गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने अनुसार यहाँका निजि तथा सामुदायिक विद्यालयले परीक्षा धमाधम लिन थालेका छन् ।


आगामी चैत्र ५ गते भित्रमा परीक्षा सक्ने गरि स्थानीय तहले योजना बनाएका कारण आफूहरुले पनि त्यही अनुरुप परीक्षा शुरु गरीएको अर्किड बोर्डिङ स्कुल विराटनगरका भ्वाइस प्रिन्सीपल पिके कामतले बताउनुभयो । त्यो सँगै विद्यार्थी र विद्यार्थीका अभिभावकलाई पनि कोरोना भाइरसको संक्रमणबाट बच्ने तरिकाबारे जानकारी गराएको कामतको भनाई छ । यता विराटनगरको सत्यनाराण स्कुलले पनि बार्षिक स्कुलको क्यालेडर भन्दा २ दिन अगावै नै फाईनल परीक्षा सुरु गरेको स्कुलका शिक्षक पुर्षोतम गुरागाईले बताउनुभयो ।
विश्वभर कोरोनाको संक्रमणबाट चार हजार भन्दा मानिसको ज्यान गएको छ भने एक लाख १४ हजार भन्दा बढी संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्याङ्कले देखाएको छ ।
कोशी अस्पताल विराटनगरका कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका फोकल पर्सन डाक्टर डेन प्रसाद आचर्यले यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहने बताउनुभयो । उहाँका अनुसार रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने हात नमिलाउने र सजग हुनु पर्दछ । भाइरसलाई शरीरमा प्रवेश नै गर्न नदिने सबैभन्दा सजिलो र सरल उपाय भनेको हात धुनु नै हो । हात धुने भन्दैमा हामी जस्तो पायो त्यस्तै तरिकाले धुदा हातमा भएका भाइरस नजान सक्छ त्यसैले पनि हात धुदा विधि पु¥याएर धुनु पर्ने उहाले सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्