विराटनगरका जगद प्रसाद दाहाल : अवकाश पछीको जीवन समाज सेवामा रमाउदै

विराटनगरका जगद प्रसाद दाहाल : अवकाश पछीको जीवन समाज सेवामा रमाउदै

एन्जु शिवाकोटी ।

वन कार्यालय छेउको एक पसलमा पत्रिका पढीरहेको अवस्थामा थिए जगद प्रसाद दाहाल । उनी ‘सामुदायिक सेवा केन्द्र’ कन्चनबारीका अध्यक्ष हुन् । तेर्थुमको छथरपोखरीमा वि.स. २०११ सालमा जन्मिएका उनी १५ बर्ष देखि यस संस्थामा आवद्ध छन् । विराटनगरको महेन्द्र मोरङ्गबाट स्नातक तहसम्मको अध्ययन गरेका दाहालले शिक्षण पेशामा २८ बर्ष समय बिताए ।

दाहालको परिवार सुन्दर जिवनका लागि अवसर र परिवारको गुणस्तरिय शिक्षाको खोजिमा वि.स. २०४६ सालमा विराटनगर झरेको थियो । विराटनगर महानगरपालिका वडा नं. ३ मा घरभएका दाहाल आफ्नो शैक्षिक काल सकिएपछि पनि घरमा सिमित रहेनन् । उनी भन्छन् –‘ म रिटायर भए लगतै महानगरपालिका र यहाँका स्थानीयले टोल संगठनको सदस्य बनाए ।’ प्रत्येक टोलटोलमा गएर समुदायको समस्याहरु खोजी गर्दै त्यसको सम्भावनाको लागि सम्बन्धित पक्षसंग पहल गरेर समस्याको समाधान गर्ने गरेको उनको भनाई छ ।

वि.स. २०६१ सालमा स्थापना भएको ‘सामुदायिक सेवा केन्द’ले प्रहरीसंग साझेदारी गरेर समुदायको समस्यालाई भरसक समाजमै मिलाउने गर्दछ । त्यसैले पनि दाहाल समाज सेवामा काम गर्न रुचाउने गरेको बताउन् । यस सस्थाले समुदायमा हुने झै झगडा मिलाउने, वृक्षरोपण गर्ने, रक्तदान कार्यक्रमको आयोजना गर्ने, बृद्धहरुलाई सम्मान गर्ने, लागुऔयातको दुर्वेषनीबाट बच्न जनचेतना मुलका कार्यक्रमको आयोजना गर्ने, नागरीक सचेतना घरदौलो कार्यक्रमको आयोजना गर्ने, लगाएतका कार्यक्रमहरु यस संस्थाले गर्दै आइरहेको छ । ‘सामुदायिक सेवा केन्द’ कन्चनबारी, तिनपैनि, रानी, हाटखोला सहित विराटनगरका ४ स्थानहरुमा छन् ।

उनको दैनिकी विहान ५ बजेबाट सुरु हुने गर्छ । विहान एकछिन शरिरलाई स्वस्थ राक्नको लागि हिन्ने गर्दछन् । आफ्नो नित्यकर्म सके खाना खाई सके पछिको सम्पूर्ण समय समाज सेवाका लागि दिने गर्छन् । उनलाई निरन्तर रुपमा लागि रहदा आर्थिक रुपमा होस या त कुनै अन्य पक्षमा अफ्ट्यारो परेको समय उनलाई उनको परिवारले साथ दिदै आई रहेका छन् । उनी भन्छन्–‘ मैले यसरी समाज सेवामा आफुलाई सक्रिय रुपमा निरन्तरता दिन सक्नुको पछाडी मेरो परिवारको ठूलो हात रहेको छ ।’ धन कमाउन या त कुनै नाम कमाएर सम्मान पाउनका लागि यस क्षेत्रमा लागि परेको नभई कसैलाई सानो भए पनि सहयोग गर्न पाउदा आत्मासन्तुष्टि मिल्ने भएकाले यस क्षेत्रमा लागेको उनको भनाई छ । कन्चनबारीमा कार्यालय रहेको यस सस्थामा २ जना प्रहरीहरु प्रत्यक्ष रुपमा समाज सेवाको लागी सक्रिय रुपमा यस सस्थामा आवद्ध छन् । प्रहरीको साझेदारीमा सस्था चलाउदा प्रत्यक्ष रुपमा प्रहरी र समुदायको राम्रो सम्बन्ध कायम भएको छ ।

दाहाल समाज सेवाका क्षेत्रमा १५ बर्ष देखि काम गर्दै आए पनि उनलाई सिमित व्यक्तिहरुले मात्र चिन्ने गर्दछन् । यसको एक मात्र कारण हो गर्ने मान्छे सधै पर्दा पछाडी रहनु हो । उनीहरुको चाहाना देखाउन भन्दा पनि समाजको लागि केही गर्न नै व्यस्त रहन्छन् । ती व्यस्त मान्छे मध्यका एक दाहाल पनि हुन् । आज भोलि हाम्रो समाजमा समाज सेवाका क्षेत्रमा आफूलाई समाज सेवी भन्नेहरु काम भन्दा पनि नामको प्रचार गर्ने गर्दछन् । एउटा सानो काम गर्दा पनि थुप्रै जमघट हुने गर्दछ र समाज सेवी भन्नेहरु सबै आफ्नो प्रचार गर्न अनि फोटो खिचाएर फेस्बुकमा हाल्नमा नै तल्लिन देखिन्छन् । दाहालले गरेको हरेक काम प्रसंसनिय भए पनि पर्दा पछाडी लुकेको छ । जेहोस उनको कामलाई सलाम छ । र यसरी नै उनले समाज सेवामा आफ्ना बाँकी दिनहरुलाई समर्पित गर्न सकुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्