विराटनगरको कोशी अस्पतालमा २ जनामा कोरोनाको आशंका, आतंकित नहुन डाक्टरको सुझाव

विराटनगरको कोशी अस्पतालमा २ जनामा कोरोनाको आशंका, आतंकित नहुन डाक्टरको सुझाव

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा दुई जना विरामीलाई कोरोना भाइरसको आशंका गरिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको दुई बिरामीलाई हाल वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ ।
केही दिन अगाडी विदेशबाट आएका २ जना नेपालीमा कोरोना भाइरसको आशंका गरिएको अस्पतालले जनाएको छ । दुवै विरामीमा रुघाखोकी र ज्वरोको लक्ष्यण देखिएका कारण थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएको कोशी अस्पताल विराटनगरका कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका संयोजक बरिष्ठ चिकित्सक लक्ष्मी नारायण यादव बताउनुभयो । तर उनीहरुको सम्पुर्ण रिर्पोट आएपछि मात्र थाहा हुने यादवले बताउनु भयो । कोरोनाको शंका गरिहाल्नुपर्ने अवस्थाभने नहरेको उहाले बताउनुभयो ।

[caption id="attachment_112753" align="alignnone" width="756"] कोशी अस्पताल विराटनगरका कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका संयोजक बरिष्ठ चिकित्सक लक्ष्मी नारायण यादव कोरोना रोग रोकथामबारे जानकारी दिदै ।
तस्वीर ः प्रेम देवान /आवर विराटनगर[/caption]

यादवले भन्नुभयो – केही दिन अगाडी दुवै जना विदेशबाट आउनुभएको रहेछ । उनीहरुकोमा ज्वरो र रुघाखोकीको पनि लक्ष्यण देखिएका कारण सम्पुर्ण रिर्पोट काडमान्डौ पठाएका छौँ । १५ दिनपछि रिर्पोट आएपछि मात्र थाहा हुने यादवले विस्वास दिलाउनुभयो । शंका लागेर आइसोलेसन वार्ड धरान पठाएका हौ तर कोरोना नै हो भनेर नआत्तिन पनि डाक्टर यादवले प्रस्ट्याउनुभयो । ज्वरो आएका बिरामीलाई रेफर गरिनु सामान्य भएको भन्दै सर्वसाधारणलाई आतंकित नहुन आग्रह पनि गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्