विराटनगरमा जारी अन्तर कलेज फुटबल खेलमा आज निहारिका र ग्रिनल्याण्ड विजयी

<span class='c1'>विराटनगरमा जारी अन्तर कलेज फुटबल खेलमा</span> <span class='c2'>आज निहारिका र ग्रिनल्याण्ड विजयी</span>

विराटनगर । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा निहारिका कलेज र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् ।

विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा विराटनगरको निहारिका कलेजले हिमालय दर्शनलाई पराजित गरेको छ भने विराटनगरको ग्रिनल्याण्ड कलेजले पथरीको रेडस्टार कलेजलाई पराजित गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा निहारिका कलेजले हिमालय दर्शन कलेजलाई ३–० गोलअन्तरमा पराजित गरेको छ । निहारिकाका लागि खेलको २१ औं मिनेटमा शिशिर लेखीले गोल गरे भने ६१ औं मिनेटमा पुनः लेखीले टोलीका लागि थप गोल गरेका थिए । खेलको अतिरिक्त समयमा सनम धिमालले गोल गरे । खेलको म्यान अफ द म्याच निहारिकाका शिशिर लेखी भए । उनले नगद ३१ सय रुपैयाँ प्राप्त गरे ।
त्यसैगरी दोस्रो खेलमा विराटनगरको ग्रिनल्याण्ड कलेजले पथरीको रेडस्टार कलेजलाई २–० गोलमा पराजित गरेको छ । खेलको १८ औं मिनेटमा ग्रिनल्याण्डका लागि संजय धिमाल र २८ औं मिनेटमा सागर राईले गोल गर्दै टिमलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच ग्रिनल्याण्डका मनिष थापा भए । उनले नगद ३१ सय रुपैयाँ प्राप्त गरे ।


प्रतियोगितामा ग्रिनल्याण्ड, निहारिका, रेडस्टार, हिमालय दर्शन, कान्तिपुर, कोसी मल्टिपल, जनप्रिय माध्यमिक विद्यालय र महेन्द्र मेमोरियल एकेडेमीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथ १ वर्षको ५ लाख रुपैयाँको बिमा, उत्कृष्ट गोलरक्षकले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा, सर्वाधिक गोलकर्ताले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट डिफेन्स र मिडफिल्डले जनही नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा सानिमा इन्स्योरेन्स र बैंकतर्फ सप्तकोसी बैंकले सहयोग गरेको छ ।

शनिबारको पहिलो खेल दुहबीको महेन्द्र मेमोरियल एकेडेमी र विराटनगरको कोसी मल्टिपल कलेज तथा दोस्रो खेल रंगेलीको जनप्रिय मावि र विराटनगरको कान्तिपुर कलेजबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्