काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालमा भर्ना भएको १० दिनमा उनी डिस्चार्ज भएका हुन् । प्रा.डा. दिव्या सिंह शाहले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्दै जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्यलाभ गरेपछि डिस्चार्ज भएको जनाएकी छन् ।
“डिस्चार्जपछि उहाँ समयसमयमा नियमित फलोअपमा रहनुपर्ने छ,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“साथै, उहाँ नियमित चिकित्सकको निगरानीमा रहनुहुनेछ । उहाँले यसपश्चात् आवश्यक सतर्कताका साथ आफ्नो नियमित आवश्यक सबै कार्यहरु गर्न सक्नुहुनेछ ।” मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभाग प्रमुख एवम् प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी शाहले प्रधानमन्त्रीले त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुमािथ भरोसा गरेर उपचार गर्ने अवसर दिएको भन्दै अस्पताल परिवार गौरवान्वित भएको उल्लेख छ ।