विराटनगर । विराटनगर–३ कञ्चनबारीमा अन्तराष्ट्रिय स्तरको ग्रिनलाईट युनिसेक्स सैलुन संचालनमा आएको छ ।
विराटनगरका युवा उद्यमी हरी बजगाइले ३० लाखको लागनीमा शुक्रबारदेखि शैलुन संचालनमा ल्याएका हुन् । सैलुनको नेपालीका काग्रेसका जिल्ला सचिव नागेस कोईरालाकी ममतामायी सामाजसेवी जया कोईरालाले रिर्वन काटेर उद्घाटन गर्नुभएको थियो ।
महिला तथा पुरुष दुवैलाई एकै ठाँउबाट सेवा उपलब्ध गराउने गरि सैलुन संचालनमा ल्याइएको हो । गएको २ बर्षअघि नोबेल अस्पताल छेउमा स्थापना गरिएको ग्रिनलाईट सैलुनको सफलतापछि दोश्रो शाखाको रुपमा कंचनबारीमा विस्तार गरिएको युवा उद्यमी हरीप्रसाद बजगाईले बताए । सैलुनले हेयर कटिङ, हेयर स्पा, स्टेट, फेस थेरापी, हेयर स्मुथिङ र स्किन केयर लगायतका विभिन्न सुविधा रहेको छ ।
विराटनगरबाट सुरू गरिएको ग्रिनलाईट ब्राण्डको चेन अन्र्तगत आगामी दिनमा नगर क्षेत्रका विभिन्न स्थानका पनि शाखा विस्तार गरिने तयारी भएको उनले बताए । ‘यहाँ संचालनमा ल्याएको शैलुन महिला र पुरूष दुवैको लागि सुविधा प्रदान गरिएको छ,’ संचालक बजगाइले भने, ‘ग्रिनलाइटले सफलता पाएपछि हामीले कन्चनबारीमा शाखा विस्तार गरेका हौं ।
आगमी दिनमा इटहरी र पुर्वको सहरहरूमा पनि शाखा विस्तार गरि ग्राहकलाई सेवा प्रदान गर्ने हाम्रो लक्ष्य छ ।’
सैलुनले संचालनमा आएसँगै प्रराम्भिक चरणमा ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।