विराटनगर । बजारमा हेण्डवासमा प्रयोग हुुने सेनिटाइजर र मास्कको अभाव भएपछि कोशी अस्पताल विराटनगरले त्यसको आफै उत्तपादन गर्न शुुरु गरेको छ । त्यसमा प्रयोग हुुने आवश्यक सामाग्री वजारवाट खरिद गरि अस्पतालले हेन्ड सेनेटाइजर र मास्क वनाउन शुुरु गरेको हो ।
अस्पतालका चिकित्सक तथा कर्मचारीको सहयोगमा अस्पतालले शुक्रबार विभिन्न केमिकलको प्रयोगगरि २० लिटर हेण्ड सेनेटाइजर उत्तपादन गरेको कोशी अस्पतालका मेसुु डा संगिता मिश्राले वताउनुुभयो ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुुसार विभिन्न केमिकल मिसाएर सेनेटाइजर उत्तपादन गरिएको हो । यसैगरि अस्पतालले एक हजारथान डवल लेयरको माक्स समेत वनाएको डा मिश्राले वताउनुुभयो ।
तत्कालकालागी अस्पतालका चिकित्सक , कर्मचारी तथा विरामीहरुकालागी हेण्डवास उत्तपादन गरिएको हो । आवश्यक परेर थप उत्तपादन गर्न सक्ने अस्पतालले जनाएको छ ।
उत्तपादन गरेको हेण्डवास र माक्स एक कार्यक्रमका विच डा मिश्राले प्रदेस न १ को समाजिक विकास मंत्रालयका स्वास्थ्य महासाखा प्रमुुख डा सुुरेश मेहतालाई हस्तान्तरण समेत गरिएको छ । अस्पतालले उत्तपादन गरेको हेण्डवास र माक्स स्वास्थ्य जाचका लागी प्रदेस सरकारले संचालन गरेको हेल्प डेस्कमा प्रयोग गरिने छ ।
कोरोना भाइरस सक्रमितका लागी अस्पतालले ३ सैयाको आइसोलेसन वार्डको तयारी पनि गरिदैछ । अस्पातलको अब्जरभेषन वार्डमा अहिले कोरोना संक्रमति विरामीको लागी यतिबेला आईसोलेसन वार्डको तयारी धमाधम भईरहेको छ ।
हेण्डवास वजारमा सर्टेज भएको र कहिकतै पाइएमा त्यसका मुुल्य अहिले ६ सय प्रतिशतले वृद्धि भएकालेपनि अस्पतालले आफै हेण्डवास उत्तपादन गरेको होे । प्रदेसकै सवैभन्दा ठुुलो कोशी अस्पतालमा दैनिकी एक हजार भन्दा वढि विरामी उपचारका लागी आउने गर्दछन ।