विराटनगरमा विश्व उपभोक्ता अधिकार दिवस मनाउने तयारी सम्पन्न

विराटनगरमा विश्व उपभोक्ता अधिकार दिवस मनाउने तयारी सम्पन्न

विराटनगर । विश्व उपभोक्ता अधिकार दिवस मनाउने तयारी सम्पन्न भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विश्व उपभोक्ता अधिकार दिवस मनाउन लागेको हो । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय प्रमुख हिमालय वरालले कार्यक्रमका बारेमा जानकारी दिएका हुन् ।

मार्च १५ अर्थात नेपाली पात्रो अनुसार चैत्र २ गते विश्व उपभोक्ता अधिकार दिवस विश्वभर मनाइदै छ । विश्व उपभोक्ता अधिकार दिवसलाई लक्षित गर्दै विराटनगरमा पनि २ दिने कार्यक्रमको आयोजना गरिएको वरालले बताए ।
उनका अनुसार वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयको प्राङ्गडबाट चैत्र १ गते आइतबार निस्किएको ¥यालि नगर परिक्रमा गरी पूर्ण कार्यालयमा आई समापन हुने छ । त्यसैगरी सोमबार उपभोक्ता ऐन बजार अनुगमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने छ । “उत्पादनमा गुणस्तरता, आपूर्ति सहजता, उपभोक्ता विवेकशिलता ” विश्व उपभोक्ता अधिकार दिवस राष्ट्रिय नारा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्