पाँचौ नगरसभाबाट महानगरका ९ वटा वडा कार्यालयको भवन बनाउने निर्णय

पाँचौ नगरसभाबाट महानगरका ९ वटा वडा कार्यालयको भवन बनाउने निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाको पाँचौ नगरसभा सर्वसम्मतरुपमा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न सभामा आर्थीक वर्ष २०७६÷०७७ को बजेट कार्यान्वयनको प्रगति समिक्षा ,संशोधित निति तथा कार्यक्रमका विषय छलफल भएको थियो ।

 

नंगरसभाका क्रममा मेयर भीम पराजुलीले आफ्नो एक मात्र उद्देश्य विराटनगर महानगरपालिकाको आर्थिक, सामाजिक र पूर्वाधारको अधिकतम विकास गरी आफ्नै कार्यकालमा यसको गुणात्मक विकास गर्ने रहेको बताए । पराजुलीले महानगरपालिकाको आर्थिक स्रोत साधनको अधिकतम प्रयोग र परिचालन गरी काम कारवाही अगाडि बढाइ रहेको बताउँदै संघीय सरकार र प्रदेश सरकारसँगको समन्वयमा ठूला पूर्वाधार विकासका आयोजनाहरु अगाडि बढाइरहेको बताए ।
विराटनगरमा ८सय ७५ विभिन्न योजना मध्ये हालसम्म ४ सय ४७ योजना संझौता भएको र ७४ वटा योजना सम्पन्न भएको भन्दै मेयर पराजुलीले विराटनगरमा विकासको गति अगाडी बढेको बताए ।
सडकहरु कालोपत्रे गर्ने काम द्रुतगतिमा भइरहेको , महानगरका वडा नं २,३,४,६,१०,११,१२,१५ र १७ वडा कार्यालयका भवनहरु नयाँ निर्माण, मर्मत तथा स्तर उन्नती गरिएको , विराटनगरका ३ वटा स्थानमा ओभरहेड पुल निर्माणको कार्य डिजाइन भइ कार्यारम्भ हुन लागेको ,अत्याधुनिक सुविधा र नयाँ थप सर्भिस ब्लकहरु सहित बीरेन्द ्रसभागृह पुन ः निर्माणको कार्य भइ यही बर्ष मै शुरु गरिन लागेको ,प्रदेश सरकार र महानगरको साझेदारीमा विराटनगर रानीमा स्वागतद्धार ठेक्का संझौता हुनेक्रममा रहेको ,बैझनाथपुर रंगशालाको थप स्तरउन्नती गरिने क्रममा रहेको ,विराटनगरका ऐतिहासिक मठ ,मन्दिर र धार्मिक क्षेत्रको विकासका काम गरेको,तारिणीप्रसाद कोइराला सञ्चारग्राम ,आरोहण गुरुकुल नाट्यघर निर्माण,आधुनिक पशु बधशाला निमाणको लागि कार्य भइरहेको साथै शिक्षा,स्वास्थ्य,खानेपाने ,खेलकुद विकास लगायतका क्षेत्रमा उल्लेख्य काम भइरहेको बताए ।


सभामा नगर कार्यपालिका सदस्यहरुले महानगरपालिकाको विकास निर्माण जनताको माग र चाहनाका साथै कार्य सम्पादनमा भए गरेका समस्याका बारेमा आ आफ्ना धारणा राखेका थिए । सो अवसरमा मेयर पराजुली , उप मेयर इन्दिरा कार्की , प्रमुख प्रसाशकीय अधिकृत एकदेब अधिकारीले कार्यपालिका सदस्यहरुले राखेका जिज्ञासाहरुको सुझाव तथा जवाफ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्