विराटनगरमा भएको ‘किड्स एण्ड टीन्स ग्लोबल मोरङ २०२०’ सम्पन्न

विराटनगरमा भएको ‘किड्स एण्ड टीन्स ग्लोबल मोरङ २०२०’ सम्पन्न

विराटनगर । किड्स एण्ड टीन्स ग्लोबल मोरङ २०२० को फाइनल प्रतियोगिता सम्पन्न भएको छ । विराटनगरमा सम्पन्न भएको उक्त प्रतियोगिताको फाइनलमा प्रि–किड्स, किड्स र टीन गरी ३ वटा विधामा बिजेता घोषणा गरेको हो ।
प्रि–किड्समा विराटनगरका दिवम राखेचा, किड्समा अंश अग्रवाल र टीनमा कशिस राई विजेता घोषित भइन् । प्रि–किड्सको फस्ट रनरअप श्रेयश शर्मा र जेनिशा जोशी सेकेण्ड रनरअप भइन् । यस्तै किड्सतर्फको फस्ट रनरअप मोनिका भट्टराई तथा साक्षी सहनीले सेकेण्ड रनरअपको उपाधि जितिन् । प्रतियोगिताको टीनतर्फ तर्फको फस्ट रनरअप अर्पिता राजवंशी र जनक खत्रीले सेकेण्ड रनरअपमा चित्त बुझाए ।

प्रतियोगिताको बिजेताले जनही नगद २५ हजार रुपैयाँको साथै ताज, ट्रफी, प्रमाणपत्रहरू र विभिन्न गिफट ह्याम्पर प्राप्त गरेको कार्यक्रम संयोजक प्रवलदिप विश्वासले जानकारी दिए । ड्रिम सर्च एजेन्सीको आयोजना भएको यो प्रतियोगितामा विभिन्न उमेर समूहका बालवालिकाहरूको सहभागि जनाएको एजेन्सीका सीईओ कमल क्षेत्रीले जानकारी दिए । फाइनलमा मोडल ग्याल्सेन लामा, जय शर्मा, मिस पुर्वाञ्चल २०१३ की विजेता नेहा बजाज, किन्डर पिल्लर प्रिस्कुलकी निर्देशक श्रुती शर्मा निर्णायक रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्