विराटनगरको कोशी अस्पतालमा कोरोनाको शंका गरेका विरामी धरानको आइसोलेसनमा

विराटनगरको कोशी अस्पतालमा कोरोनाको शंका गरेका विरामी धरानको आइसोलेसनमा

विराटनगर । कोशी अस्पताल विराटनगरमा कोरोनको शंका गरिएका विरामी धरानको आइसोलेसनमा रहेका छन् ।
विराटनगरबाट धरान रेफर भएका विरामी हिजो शुक्रबार आफ्नो घरमै क्वारेन्टाइनमा बस्ने भनेर गएका थिए । तर, केही बेरअघि एक्कासी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् ।
रेफर भएका विरामी सम्बन्धित अस्पतालमा पुग्नु राम्रो होे । तर, विश्वव्यापीरुपमा फैलिरहेको कोरोेनाको आशंकामा थप उपचारको लागि पठाइएका ती व्यक्ति शनिबार बिहान सार्वजनिक बसमा धरान पुगेका वीपी प्रतिष्ठानका चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । हुन त ती व्यक्तिमा कोरोनाको लक्षण देखिएको छैन । साथै, कोरोना भएको पुष्टि हुने थ्रोट स्वाब पनि लिएर जाँच गर्न बाँकी नै छ ।
तर, उनी पछिल्लो १४ दिनभित्र विदेशबाट आएको हुनाले क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुपर्ने भन्दै कोशी हस्पिटललले धरान पठाएको हो ।
वीपी प्रतिष्ठानस्थित कोरोना र्या्पिड रेस्पोन्स टिमका सदस्य एवं इर्मेजेन्सीका इञ्चार्ज डा.मल्लले कतैबाट वीपीमा शंकास्पद विरामी रेफर गर्नुअघि आवश्यक समन्वय गर्न पनि आग्रह गरेका छन् । डा.मल्लका अनुसार प्रतिष्ठानको हेल्प डेस्कमा आवश्यक सबै जाँच गर्दा विदेशबाट आएबाहेक ती व्यक्तिमा अन्य केही पनि लक्षणहरु नदेखिएको बताए । उनी करिब ७ दिनअघि मात्र साउदीबाट आएका हुन् । आइसोलेसनमा बस्न आग्रह गरे पनि घरमै जाने भनेकोले भोली आइतबार थ्रोट स्वाबको लागि वीपी आउने गरी घर पठाउने डा.मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्