प्रदेश सरकारले थालेको सिघिया खोला सरसफाई अभियान जारी, ३ सय भन्दा बढी उपस्थित

<span class='c1'>प्रदेश सरकारले थालेको सिघिया खोला सरसफाई अभियान</span> <span class='c2'>जारी, ३ सय भन्दा बढी उपस्थित</span>

विराटनगर । १ न. प्रदेश सामाजिक विकास मन्त्रालयले थालनि गरेको सिघिया खोला सरसफाई अभियान छैटौ पटक सरसफाई गरिएको छ ।
बिराटनगर महानगरपालिका वडा नं. १ धनावत पुल चोक स्थित सिंघिया खोलाबाट १ न. प्रदेशका माननीय सामाजिक विकास मन्त्री जिवन घिमिरेको संयोजकत्वमा शनिबार सुरु गरिएको सरसफाई अभियानमा छैटौ पटकमा पुगेको छ ।
सरसफाई अभियानमा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु, राजनैतिक दलका अगुवा, नागरिक समाज र स्थानिय सक्रिय रुपमा उपस्थित रहेको थियो ।


छैटो पटकको सरसफाई अभियानमा ३ सय भन्दा बढीको उपस्थित रहेको थियो । १५ दिनको अन्तरमा हरेक शनिबार आयोजना गरिने श्रमदान गर्ने व्याक्तीहरुलाई मन्त्री घिमिरे धन्वाद प्रकट समेत गर्नुभयो । अहिलेसम्म नदिको ७ किलोमिटर भन्दा बढी सरसफाई गरिएको मन्त्री घिमिरले बताउनभुयो । अब नदिको ३ किलोमिटर पनि सरसफाई गरिने र नदीलाई दिर्घकालिन रुपमा तठबन्धन गरेर अगाडी बढ्ने मन्त्री घिमिरेले उद्घोष गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्