जोगबनी नाका बन्द छैन, भारतबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश (फोटो फिचर)

जोगबनी नाका बन्द छैन, भारतबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश (फोटो फिचर)

विराटनगर । केही दिनयता विराटनगर – जोगवनी बोडर बन्द हुन्छ भन्ने सामाजिक संञ्जालमा हल्ला मात्र भएको जनाइएको छ ।


केही व्यक्तिले सामाजिक संञ्जालमा जोगबनी नाका बन्द भनेर अफाहमा हल्ला फैलाएको बुझिएको हो । भारतले नेपालका ४ वटा नाका बाहेक सबै बन्द गर्ने भनेर ट्वीष्ट गरेपछि यता जोगबनी पनि बन्द हुन्छ भनेर केही सञ्चारमाध्यममा समेत समाचार प्रकाशित भएको थियो ।


तर आवर विराटनगरले उक्त स्थानमा पुगेर हेर्दा सदा झै निर्वाधरुपमा सवारी साधन र सर्वसाधरणको आउजाउ भईरहेको थियो । कोरोना भाइरसको हल्लासँगै भारतले पनि नेपालका केही नाका बाहेक सबै बन्द गर्ने भन्ने शनिबार नै विज्ञप्ती निकालको थियो ।

भारतले बन्द गर्ने सूचीमा राखेको नाकामा प्रदेश १ को राजधानी विराटनगरसँग जोडिएको जोगबनी पनि परेको थियो । तर यो घोषणासँगै विराटनगरसहित पूर्वका नेपालीमा ‘अब जोगबनी छिर्नै पाइँदैन’ भन्ने भ्रम फैलिएको थियो । तर त्यो सबै हल्ला मात्र रहेको छ । यता जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भने यस नाका बन्द बारे आफूलाई केही थाहा नभएको बताए । आफूले पनि सामाजिक सञ्जाल र केही अनलाईनहरुमा आएको समाचारबाट मात्र थाहा पाएको भुजेलले सुनाए । यता विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारी भारत यात्रुहरुको आवतजावतमा बन्द हुने बारे केही जानकारी आफूलाई नभएको बताए । यात्रुहरुको विषयमा भन्सारसँग सम्बन्धित औपचारी निर्देशन केही नआएको भण्डारीले बताए । यता अन्य दिन जस्तै यात्रुहरु विभिन्न स्थानबाट आउजाउ गरिहेका देखिन्थे ।
स्वास्थ्य प्रशिक्षण पछि मात्र नेपाल प्रवेश
प्रदेश नम्बर एकको राजधानी विराटनगर प्रवेश गर्ने स्थान जोगवनीमा अहिले भारतबाट आउने यात्रुहरुलाई कडाइका साथ स्वास्थ्य चेकजाँच गर्न थालिएको छ । प्रदेश सरकार र विराटनगर महानगरपालीकाले हेल्थ डेक्स राखेर जोगबनी नाकामा सुरक्षाकर्मी र चिकित्सकको टोली सहित यात्रुहरुको चेकजाँच सुरु गरिएको छ ।


विराटनगर महानगरपालीकाबाट २ जना चिकित्सको टोलीले हेल्थ डेक्सबाट दैनिकी २ हजार भन्दा बढी यात्रुहरुको स्वास्थ्य चेकजाँच गर्ने गरिएको स्वास्थ्यकर्मी सुलोचना श्रेष्ठले जानकारी दिनुभयो । भारतबाट रेलको माध्यमबाट आउने टाढाका यात्रुहरुको ज्वारो नाप्ने र उनीहरुको हिस्ट्री लिने काम भईरहेको छ । तर अहिले सम्म कुनै यात्रुमा त्यस्तो संक्रमण नदेखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्