विराटनगरमा पेट्रोल अभाव हुने डरले पेट्रोल पम्पमा बढ्न थाल्यो भीड,निगम भन्छ “अभाव छैन”

विराटनगरमा पेट्रोल अभाव हुने डरले पेट्रोल पम्पमा बढ्न थाल्यो भीड,निगम भन्छ “अभाव छैन”

विराटनगर चैत्र ३ ,

कोरोनाको हल्लासँगै विराटनगरमा पेट्रोलको अभाव हुने डरले आमसर्वसाधरण आफूलाई चाहिने पेट्रलको जोहो गर्न थालेका छन् । भारतले नेपाल प्रवेश गर्ने ४ वटा नाका बाहेक सबै नाका शिल गर्ने भन्ने हल्लासंगै यता विराटनगरको जोगबनी बोर्डर पनि बन्द हुने डरले आमसर्वसाधरण पेट्रोलको जोहो गर्न थालेका छन् ।

विराटनगरका अधिकास पेट्रोल पम्पमा आईतबार साँझ पेट्रोल र डिजल लिनेको आम सर्वसाधरणको घुईचो देखिन्थ्यो । विराटनगर १७ का ट्याम्पो चालक अनिल पोखरेल पनि आफुलाई चाहिने पेट्रोल लिन आएका थिए तर पेट्रोल पम्पमा अत्याधिक भिड भएका कारण उनी पेट्रोल नलि घर फर्कन वाध्यभएको आवर विराटनगरलाई बताए । ‘खै अब बजारमा हल्ला छ, ‘भारतबाट पनि पेट्रोल नआउने हो की भन्ने डरले पेट्रोल लिन आएको थिए , तर यहाँको भीड देखेर घर फर्के ।’ उनी विराटनगर ९ मा रहेको अन्नपुर्ण पेट्रोल लिन पुगेका पोखरेल पेट्रोल नलिकन घर जान वाध्य भए ।विराटनगरमा पनि तेलको अभाव हुने डरले यहाका पेट्रोल व्यावसायीहरुले मौकामा चौका हान्ने आमसर्वसाधरणहरुको आशंका गरेका छन् । यता नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका भने अहिले नै पेट्रोल अभावको अवस्था सिर्जना नभएको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्