विराटनगरको स्पार्क अस्पतालले विगत पाँच बर्ष देखि विरामीको सफल उपचार गराउदै

विराटनगरको स्पार्क अस्पतालले विगत पाँच बर्ष देखि विरामीको सफल उपचार गराउदै

विराटनगर । स्पार्क अस्पतालले विगत पाँच बर्ष देखि विरामीको सफल उपचार गराउदै आएको छ । विराटनगर स्थित पाञ्चालिमोडमा रहेको यस अस्पतालले नेचुरलथेरापी, फिजियोथेरापी र अकुपञ्चर पद्धतीबाट बिना अप्रेशन साइड इफेक्ट नहुने प्रविधिद्धारा उपचार गर्ने गरेको छ । यस अस्पतालले प्यारालाइसिस, हड्डी खिइएको, नशा च्यापिएको, बाथरोग जस्ता विरामीहरुको सफल रुपमा उपचार गर्दै आइरहेको छ ।

ग्रामिण क्षेत्रलाई लक्षित गरेर यस अस्पताललाई सञ्चालनमा ल्याइएको स्पार्क अस्पतालका बजार व्यवस्थापक संजीव कोइरालाले बताए । उनका अनुसार प्रदेश नं. १ लगायत प्रदेश नं. २, ३ र छिमेकी राष्ट्र भारतबाट दैनिक रुपमा ४० देखि ५० जना विरामी उपचारको लागि आउने गरेका छन् । हाल अस्पताल भर्ना भएर ८ जना विरामीहरु उपचार गराइ रहनु भएको छ । ६० बर्ष उमेर माथिका विरामीहरुलाई १० प्रतिशत छुट गरिएको उनले बताए ।

विगत ३ बर्ष देखि यस अस्पतालमा काम गर्दै आएका डा. गोविन्द कुमार झा भन्छन्,‘ पहिला फिजियोथेरापी के हो भन्ने थाहाँ नभएका विरामीहरु आउने गराकाले बुझाउन गाह्रो हुने गथ्र्यो भने आजभोली सबै विरामीहरु बुझेर आउने भएकाले उपचारको लागि सजिलो भएको छ ।’ फिजियोथेरापी पेट घटाउन, तौल घटाउन तथा श्वासप्रश्वासका लागी समस्या भएमा पनि फिजियोथेरापी उपयुक्त हुने उनले बताए ।
२ महिना अगाडी देखि उपचार गराइ रहेकी विनीता कटुवाल भन्छिन्,‘ मलाई सय प्रतिशतमा पचास प्रतिशत निको भएको छ । सुरुका दिनमा यहाँ आउदा बस्न पनि सक्दिन थिए ।’ हाल उनी हिन्न पनि सक्ने भएकी छन् ।

त्यसैगरी २५ दिन अगाडी आफ्ना बुबालाई लिएर आएका विनय कुमार आले घर फर्कने तयारीमा छन् । एक महिना १० दिन अगाडी प्यारालाइसिस भएका उनका बुबालाई उपचारको लागी यहाँ ल्याउदा हिन्न नसक्ने अवस्थामा रहेको उनले बताए । हाल उनका बुवा अरुको सहारा विना नै हिन्न सक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्