कोरानाको संक्रमणबाट बच्न विराटनगरको व्यास्त बजारमा युवाको हातमा सेनिटाइजर(फोटो फिचर)

कोरानाको संक्रमणबाट बच्न विराटनगरको व्यास्त बजारमा युवाको हातमा सेनिटाइजर(फोटो फिचर)

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रूप लिएपछि मुलुकभित्र सङ्क्रमण भित्रिन नदिन सरकारले विभिन्न सुरक्षा अपनाइरहेको बेला यता विराटनगरमा पनि युवाहरुले सेनिटाईजर प्रयोग गर्ने र बनाउनेबारे जनचेतना दिदै आएका छन् ।

तस्वीर : प्रेम देवान /आवर विराटनगर

विराटनगरका युवा अभियानकर्मी पेरिस सुवेदीको नेतृत्वमा यहाका युवाहरु भेला भई विश्वभर महामारीको रुपमा पैmलिरहेका कोरोना भाइरसको संक्रमण हुन नदिन सेनिटाइजर बनाउने तरीकाबारे जानकारी गराउदै आएका छन् ।


विराटनगरको मेनरोड स्थित पञ्चाली हनुमान मन्दिर परिसरमा स्थानिय युवाहरु भेला भइ सडकमा हिड्ने आमसर्वसाधरलाई सेनिटाइजरबाट हात सफा गर्न र गराउने बारे जानकारी गराउदै आएको अभियानकर्मी पेरिस सुवेदीले जानकारी दिए ।

तस्वीर : प्रेम देवान /आवर विराटनगर

विराटनगरमा रहेको जेनेरल ट्रम एण्ड हस्पिटलको सहयोगमा उनीहरुले घर मै सेनिटाइजर बनाएर निशुल्क रुपमा सडकमा हिड्ने आमसर्वसाधरण , विद्यार्थी र डिउटीमा खटिएका प्रहरीलाई पनि सेनिटाईजरले हात सफा गर्दै आएका छन् ।

 

यसरी कोरानो भाइरस विश्व व्यापीरुपमा फैलिरहेको बेला युवाहरुले थालिन गरेको यो अभियान लाभदायक रहेको त्यहा आएका स्थायनियले बताए ।

तस्वीर : प्रेम देवान /आवर विराटनगर

विश्व व्यापीरुपमा फैलिहेको कोरोना भाइरसबाट अहिले सम्म नेपालमा कसैको मृत्यु भएको छैन । तर भोलीको दिनमा माहामारीको रुपमा फैलन नसक्ला भन्न पनि सक्किन, यसको लागी हामी आफै सवधानी अपनाउनु पहिलो कर्तव्य हो । त्यसैले सरकारले पनि यसका लागी यी युवाहरुले जस्तै आमसर्वसाधरणको जमघट हुनेस्थानहरुमा यस्ता अभियान चलाउनु आवश्यक देखिन्छ ।

तस्वीर : प्रेम देवान /आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्