विराटनगरमा रहेको न्यूरो हस्पिटलमा छुटको योजना

विराटनगरमा रहेको न्यूरो हस्पिटलमा छुटको योजना

विराटनगर ।

न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटलले सेवाग्राहीहरुको नियमति स्वास्थ्य सेवालाई ध्यानमा राखि साप्ताहिक छुटको योजना ल्याएको छ । बिराटनगर—९ महेन्द्र चोक स्थित हस्पिटलले एक कार्यक्रमको आयोजना गरि छुटको व्यवस्था बारे सार्वजनिक गरेको छ ।

 

मदर एण्ड चाइल्ड हस्पिटलले सोमबार देखि शनिबार सम्म हरेक दिन सेवाग्राहीहरुको स्वास्थ्यको ख्याल गरि नियमित स्वास्थ्य जाँचमा छुटको व्यवस्था ल्याएको छ । सोमबार , छाला सम्बन्धी उपचारमा निःशुल्क ओपिडि सेवा रहेको छ भने सो सम्बन्धी जाँचमा पच्चिस प्रतिशत छुटको व्यवस्था रहेको छ । यस्तै बुधबार नव जात शिशु तथा बालरोग सेवामा निःशुल्क ओपिडि सेवा एवम सोहि रोगको जाँचमा पच्चिस प्रतिशत छुटको व्यवस्था रहेको छ । दन्तरोग सेवामा बिहिबार निःशुल्क ओपिडि र जाँचमा २५ प्रतिशत छुट छ भने शुक्रबार प्रसुति सेवा तथा स्त्री रोग सम्बन्धी उपचारको जाँचमा पच्चिस प्रतिस्त छुट छ यस्तै सो को ओपिडि निःशुल्क रहेको हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भटट्राईले बताए । उनले सामाजिक उत्तरदायित्वलाई मध्य नजर गरि यस्तो छुटको व्यवस्था ल्याएको बताए ।

यता हरेक शनिबार मदर एण्ड चाइल्ड हस्पिटलमा नियमित गर्ने मुटु , सुगर , प्रेसर , किडनी , थायरोइड , लगायतका दिर्घ रोगिहरुलाई नियमित गरिने थाइराईड टेस्ट , किडनिको टेस्ट(आर.एफ .टी), लिभरको टेस्ट(एल.एफ.टि), सि.बि.सी , सुगर टेस्ट(ब्लड सुगर फास्टिङ , ब्लड सुगर पि.पि), लिपिड प्रोफाइल , पिसाबको जाँच , दिशाको जाँच , भिटामिन डि.थ्री, भिटामिन बि.१२, लगायतका जाँचहरुमा आधा दाम मै अर्थात ५० प्रतिशत छुटमा जाँचहरु गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्