कोशी अस्पातलमा आइसोलेसन तयारी,भोलीदेखी अस्पतालमा स्क्रीनिङ गरिने (भिडियो सहित)

कोशी अस्पातलमा आइसोलेसन तयारी,भोलीदेखी अस्पतालमा स्क्रीनिङ गरिने (भिडियो सहित)

प्रेम देवान
विराटनगर । बिराटनगरमा रहेको कोशी अस्पतालमा कोरोना भाइरसको सक्रमणको शंका गरिएका विरामी राख्नको लागी आइसोलेसन वार्ड तयारी भएको छ । प्रदेश नम्बर एक सामाजिक विकास मन्त्रालयको सहयोगमा कोशी अस्पतालमा मंगलबारबाट आइसोलेसन वार्डको तयारी पुरा भएको हो ।

यस्तो देखियो आइसोलेसन  भिडियो

 

अस्पतालको अब्जरभेन वार्डमा ३ वटा क्याविनमा दुई – दुई वटा वेडको व्यावस्था गरिएको छ । आइसोलेसन कक्ष भित्रै हेण्डवास सहित कार्डियाक मनिटर समेत राखिने अस्पतालले जनाएको छ । कोरोना भाइरस संक्रमण अशंका गरिएका विरामीलाई राख्न सक्ने आइसोलेसन वार्डको तयारी अवस्थामा पुगेको अस्पतालकी मेसु संगिता मिश्राले जानकारी दिनुभयो ।


प्रारम्भीक चरण अन्र्तगत विरामी आए भने न्यनतम मापदण्ड पुरा गरेर आइसोलेसनको तयारी गरीसकेको कोशी अस्पतालका कोरोना भाइरस नियन्त्रण तथा रोकथामका फोकल पर्सन डाक्टर डेन प्रसाद आर्चायले जानकारी दिनुभयो । विरामीको चाप अनुसार १२ जना सम्म विरामी राख्न सक्ने र कार्डियाक मनिटर सहित आइसोलेसनको तयारी गरिएको डा आचार्यको बताउनुभयो । आइसोलेसन वार्डमा ३ वटा क्याविन बाहेक अन्य नर्मल बेडहरु समेत राखिएको छ ।

विरामी चेकजाँच गर्ने डाक्टर र नर्सको लागी पनि छुटै क्याविनको व्यावस्था गरिएको छ । यससँगै अस्पतालको मुख्य प्रवेशद्धारामा भोलीदेखी विरामीलाई स्क्रीनिङ गर्ने भएको छ । अस्पतालको प्रवेशद्धारामा थर्मल स्क्यानर राखेर अस्पतालमा प्रवेश गर्ने विरामीको स्क्रीनीङ गर्ने अस्पतालका फोकल पर्सन डा आर्चयले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्