पेट्रोलियम पदार्थ अभाव हुने हल्ला मात्रै, पेट्रोलियम डिलर्स एसोसिएसनले भन्यो अभाव हुदैन

<span class='c1'>पेट्रोलियम पदार्थ अभाव हुने हल्ला मात्रै,</span> <span class='c2'>पेट्रोलियम डिलर्स एसोसिएसनले भन्यो अभाव हुदैन</span>

विराटनगर चैत ५ ,

कोरोना भाइरसको कारण भारतले आफ्नो सीमा नाका बन्द गर्न सक्ने भन्दै नेपालमा पेट्रोलियम पदार्थ अभाव हुने हल्लाले विराटनगर लगायत पुर्वमा पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको छ ।

यता ,पेट्रोलियम डिलर्स एसोसिएसन कोशीले हल्ला गरिए जस्तो नाका सीमामा पेट्रोलियम पदार्थ आयात बन्द नभएको र पेट्रोलियम पदार्थ नियमित रूपमा आइरहेको भन्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ ।

सीमा नाका बन्द भए पछि पेट्रोलियम पदार्थ पनि आयात नहुने हल्लासँगै उपभोक्ताहरूले पेट्रोलियम पदार्थ भण्डारण गर्न थाले पछि पेट्रोलियम डिलर्स एसोसिएसनले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको हो । एसोसिएसनका अनुसार प्रदेश नं. १ मा भारतको बरौनी डिपोबाट जोगवनी नाका, सिलगुडी डिपोबाट काँकडभिट्टा नाका, र अमलेखगन्ज बाराबाट पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको जनाउँदै यी नाकाहरू हल्ला गरिएजस्तो बन्द नभएकोले आपूर्तिमा कुनै समस्या नभएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

एसोसिएसनले सीमा बन्द हुने भन्ने अनावश्यक हल्लाको पछि नलाग्न उपभोत्ताहरुलाई आग्रह गर्दे आवश्यकता भन्दा बढी पेट्रोलियम पदार्थ भण्डारण नगर्न पनि आग्रह गरेको छ । यस्तो गतिविधिले समग्र बजार प्रभावित हुन पुगेको एसोसिएसनले जनाएको छ ।

‘पेट्रोलियम पदार्थ आउने कार्य नियमित रूपमा भइरहेको हुँदा वितरण व्यवस्थामा कुनै असर नपर्ने जानकारी गराउँदै आधारहीन हल्लाको पछाडि नगई आवश्यक मात्राको पदार्थ मात्र खरिद गरी दिन हुन आम उपभोक्ता वर्गमा हार्दिक अनुरोध गर्दैछौं,’विज्ञप्तिमा भनिएको छ ।

विराटनगरमा रहेका अधिकास पेट्रोल पम्पमा आमसर्वसाधरणको लाईन बसेका देख्न सकिन्छ भने कति पय स्थानमा भने पेट्रोल पम्पवालाहरुले पम्प नै बन्द गराएका छन् । आयल निगमका निमित क्षेत्रीय प्रमुख चितरञ्जन दासले निगमसँग ९० प्रतिशत ईन्धन रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्