विराटनगरमा सेनिटाइजर कालोबजारी गर्ने एभारग्रिन हर्बर्ललाइ ५० हजार जरिवाना

विराटनगरमा सेनिटाइजर कालोबजारी गर्ने एभारग्रिन हर्बर्ललाइ ५० हजार जरिवाना

विराटनगर चैत्र ५ ,

विश्वभर फैलिएको कोरोना भाइरसको त्रास संगसंगै यसबाट जोगिन प्रयोग हुने सामग्रीमा कालोबजारी सुरु भएको छ । विराटनगरमा पनि सेनिटाइजरको कालोबजारी बढेको बेला औषधि बिभागको अगुवाइमा भएको आनुगमनमा विराटनगरमा हातमा लगाउने सेनिटाइजर उत्पादन गर्दै आएको विराटनगर १० मा रहेको एभारग्रिन हर्बर्ललाई ५० हजार जरिवाना गरिएको छ ।

बिभागले गरेको अनुगमनको क्रममा उक्त उद्योगले सेनिटाइजर उत्पादन गर्दा कम्पोजिसन राम्ररी नगरिएको , मूल्यमा एकरुपता नभएको र लेवलमा समस्या रहेको भन्दै कारवाही गरेको वाणिज्य कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले बताए । उपभोक्ता ऐनको दफा ३९ को उपदफा ए को खण्ड घ बमोजिम ५० हजार जरिवाना गरिएको हो । उक्त कम्पनिले १ सय १० एमएलको सेनिटाइजरलाई २ सय ५० रुपैया लिएर जनतालाई ठगी गरेको आरोपमा कारवाही गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्