विराटनगरको रघुपति जुटमिलले १५ करोड बढी विद्युत शुल्क तिर्न नसक्दा

विराटनगरको रघुपति जुटमिलले १५ करोड बढी विद्युत शुल्क तिर्न नसक्दा

विराटनगर ।

नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले विद्युत महशुल नतिरेको भन्दै विराटनगरको रानीस्थित रघुपति जुटमिल्सको लाइन काटिदिएको छ । विराटनगर वितरण केन्द्र अन्तर्गतको औद्योगिक ग्राहक रहेको रघुपति जुट मिलले १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ शुल्क बुझाउन बाँकी छ ।

 

पटक पटकको ताकेतामा पनि बक्यौता नतिरेको कारण लाइन काटिएको भन्दै विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले आज लाइन काटिएको सूचना जारी गरेको हो ।
जुट मिलले २०७२ साल साउनदेखि हालसम्म डेडिकेटेड लाइन प्रयोग गरेबापत थप दस्तुरबाहेक १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ तिर्न बाँकी छ । अदालतको आदेशअनुसार नै लाइन काटिएको विराटनगर विद्युत् वितरण केन्द्रका प्रमुख राजिव सिंहले बताउनु भयो । ‘नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्र अन्तर्गतको औद्योगिक ग्राहक श्री रघुपति जुटमिलले तोकिएको समयभित्र छुट बिल वापतको बाँकी बक्यौता रु.१५,५५,६८,२००।८७ नबुझाएको हुँदा मिति २०७६÷१२÷०५ गते निज ग्राहकको लाइन काटिएको व्यहोरा सम्बन्धीत सबैका लागि जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ’ प्राधिकरण प्रमुख राजीवकुमार सिंह र सूचना अधिकारी भरत केसीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्