कोरोनाको प्रभाव यातायातमा : विराटनगर बसपार्क सुनसान, यात्रु घटे

कोरोनाको प्रभाव यातायातमा : विराटनगर बसपार्क सुनसान, यात्रु घटे

चैत्र ५, विराटनगर ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमको सूचीमा राखेसँगै यातायात क्षेत्रमा पनि प्रभाव परेको छ ।

विराटनगरको बसपार्क क्षेत्र सधैँ भन्दा यात्रुहरूको चाप पातलिएको यातायात व्यवसायी सरोज काफ्लेले बताए । उनका अनुसार विराटनगरदेखि काठमाण्डौंसम्मका लागि सञ्चालन हुने बस १५ देखि १६ वटा दैनिक लाग्ने भए पनि कोरोनाको प्रभावसँगै पातलिएको छ ।

उनले भने विराटनगरबाट काठमाडौँ जाने बस अधिकांश भरिएर नै जाने गर्थ्यो तर अहिले ५ बस पनि भरिन गाह्रो छ ।
कोरोना कै कारण यातायात क्षेत्र ४० प्रतिशतले घटेको उनको भनाई छ । छोटो दुरीको यातायातमा पनि सधैँ भन्दा यात्रुहरू पातलिन थालेको काफ्लेले बताए । दैनिक १ हजार देखि १५ सयसम्म लामो दुरी देखि छोटो दुरीको यातायात आवतजावत गर्ने भए पनि पछिल्लो समय कोरोनाको प्रभावले गाडीको सङ्ख्या नै घटेको उनको भनाई छ ।

बस पार्क संवेदनशील क्षेत्र भएको कारणले बस पार्क व्यवस्थापन समितिका अध्यक्ष पदम कुमार श्रेष्ठका अनुसार सेनेटाइजर कसरी प्रयोग गर्ने र किन आवश्यकता छ भन्ने विषयमा २ दिने जनचेतना कार्यक्रम राखिने छ ।

यात्रुहरूको जानकारीका लागि कोरोना भाइरस सङ्क्रमणबारे सन्देश स्पिकरको मध्यमबाट बजाउने श्रेष्ठले बताए । यात्रुहरूको स्वास्थ्यलाई मध्यनजर गरेर बसपार्क क्षेत्रमा हेल्प डेस्क राख्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्