नबिल बैंकले महिला उद्यमीलाई ब्याज अनुदानमा कर्जा प्रवाहका लागि उमा–गौरी कृषि सहकारीसँग सहकार्य गर्दै

नबिल बैंकले महिला उद्यमीलाई ब्याज अनुदानमा कर्जा प्रवाहका लागि उमा–गौरी कृषि सहकारीसँग सहकार्य गर्दै

विराटनगर । नबिल बैंकले महिला उद्यमीलाई ब्याज अनुदानमा कर्जा प्रवाहका लागि उमा–गौरी कृषि सहकारीसँग सहकार्य गर्ने भएको छ ।

विपन्न वर्ग कार्यक्रम अन्तर्गत नबिल बैंकले सहकारीसँगको सहकार्यमा महिला उद्यमशीलता कर्जा प्रवाह गर्ने भएको हो ।
सहकारीमार्फत ४ प्रतिशत ब्याजमा एकलाख रुपिँयादेखि १० लाख रुपिँयासम्मको कर्जा उपलब्ध गराईने अध्यक्ष सम्भुप्रसाद रौनियारले बताए ।

कर्जा लिन चाहने महिला उद्यमीहरुले सहकारीमार्फत आफ्नो कागजात पेश गर्नु पर्ने छ, र सहकारीले सिफारिस गरेका उद्यमीलाई बैंकले कर्जा उपलब्ध गराउने छ । रौनियारले भने,‘महिला उद्यमीका लागि सहकारी र बैंक ग्यारेन्टीको जिम्मेबार लिने छ ।
कर्जा लिनका लागि व्यवसाय दर्ता र प्यान नम्बर सहित आफ्नो कागजात पेश गरेपछि सहकारीले बैंकमा सिफारिस गर्नेछ । उद्यमिहरुले कर्जा लिएको चार वर्षसम्मको अवधीमा भुक्तानी गर्नसक्ने प्रावधान राखिएको छ । भुक्तानी समय किटान गरिएको अवधी भित्रै ऋण तिर्ने उद्यमीहरुलाई ४ प्रतिशत मात्रै ब्याजदर तोकिएको रौनियारको भनाई छ ।

नबिल बैंकका प्रादेशिक कार्यालय विराटनगर प्रमुख मोहन सुब्बाले बैंकको पहुँच बाहिर रहेका ग्रामिण क्षेत्रका नागरिकलाई बैंकसम्म ल्याउनका लागि सहकारीसँगको सहकार्यमा कर्जा प्रवाह गर्न लागिएको बताए । ग्रामिण क्षेत्रका विपन्न महिलाहरुलाई लक्षित गरेर कार्यक्रमलाई नेपाल राष्ट्र बैंकको परिपत्रका आधारमा अगाडी सारिएको उनको भनाई छ ।
नेपाल राष्ट्र बैंकले विपन्न वर्गका लागि निजी बैंकहरुले अनिवार्य कर्जा प्रवाह गर्नुपर्ने परिपत्र गरेको छ, प्रादेशिक प्रमुख सुब्बाले भने,‘बैंक आफैंले यस्तो क्षेत्र पहिचान गर्न नसक्ने अवस्थामा छ, अनि सहकारीसँगको सहकार्यमा कार्यक्रम बढाएका हौं ।’ सहकारीमा ग्रामिण महिलाहरुको पहुँच जोडिएका कारण कार्यक्रम सफल हुने विश्वास राखिएको उनले बताए ।

मोरङको दक्षिणवर्ती क्षेत्रमा रहेको उमा–गौरी कृषि सहकारीमा छ हजार १२५ जना शेयर सदस्य रहेका छन् । ग्रामिण क्षेत्रमा आधारित सहकारीले कृषि उद्यमको कर्जालाई बढी प्राथमिकतामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्