१६ जेष्ठ २०७७, शुक्रबार

कोरोनाको असर : विराटनगरको मेरिल्याण्ड कलेजले बिद्यार्थीलाई घर बसीबसी अनलाइन कक्षा गर्ने

विराटनगर चैत्र ६,सरकारले कोरोना भाइरसलाई फैलिन नदिन भिड हुने सबै सस्था बन्द गर्न आग्रह गरेसंगै विराटनगर लगायत देशका अधिकाँश शैक्षिक सस्था बन्द भएका छन्।  शैक्षिक सस्था बन्द हुदा बिद्यार्थीको पढाइमा भने असर परेको छ । उक्त असरलाई मध्यनजर गर्दै विराटनगरमा इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित मेरिल्याण्ड कलेजले भने आफ्ना बिद्यार्थीको लागि अनलाइन कक्षा संचालन गर्ने भएको छ ।

कलेजले चैत्र ९ गतेदेखि गुगल क्लास तथा ह्यांगआउटको माध्यमबाट बिद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित घर मै बसेर पढ्न मिल्ने तयारी गरेको कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले जानकारी दिए । कलेजमा बेलायतको विश्वबिद्यालयको साझेदारीमा इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको स्नातक स्तरको पढाई हुदै आएको छ ।

कलेजका सबै ब्याचका बिद्यार्थीको निम्ति कोरोना भाइरसको त्रास हुन्जेल घर मै बसेर अनलाइन कक्षा दिलाउने उदेश्यले सबै तयारी सकिएको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले बताए । कोरोनाको महामारी फैलिएको बेला सावधानी स्वरूप उक्त नयाँ प्रविधिको प्रयोग बाट कक्षा संचालन गर्ने हुदा बिद्यार्थी पनि खुसी भएको वाग्लेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-28

Country Confirmed Death
Nepal10425
India1653864711
China841064638
Malaysia7629115
Qatar5091433
Australia7165103
US1721753101616
Saudi Arabia80185441