विराटनगरका सबै सिनेमा हल बन्द , सरकारी निर्देशन पालना

विराटनगरका सबै सिनेमा हल बन्द , सरकारी निर्देशन पालना

विराटनगर
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस ले देशको हरेक क्षेत्रलाई संकटमा पारेको छ । यति बेला देशको व्यवसाय क्षेत्र देखि दिएर साधारण जीवनशैलीमा पनि प्रत्यक्ष असर पर्न गएको छ ।


आम नागरिकहरुले मनोरंजन हासिल गर्ने स्थल सिनेमा हललाई पनि सरकारले बन्द गर्ने निर्देशनसँगै सरकारको निर्णयलाई स्वागत गर्दै विराटनगरका सिनेमा हल बन्द गर्ने निर्णय हल व्यवसायीहरुले गरेका छन् ।
नेपालमा कोरोनाको खासै प्रभाव नदेखिए पनि पुर्व तयारी स्वरुप नेपाल सरकारले यस्तो निर्णय लिएको हो । सरकारको निर्णयलाई स्वागत गर्दै विराटनगरमा संचालनमा आइरहेको सिनेमा हल सरकारले अर्को सुचना जारी नगरुन्जेल सम्मको लागि बन्द गरिएको हो ।

क्युएफएक्सले एक सुचना जारी गर्दै सरकारलाई सघाउ पुर्याउन र आम सिनेप्रेमिहरुको स्वास्थ्यलाई मध्यनजर गरेर हल बन्द गर्ने निर्णय गरिएको क्युएफएक्स विराटनगरका शाखा मेनेजर राजन थाडा मगरले बताए ।
उनका अनुसार दैनिक ८ वटा सो संचालनमा आउने भएको भए पनि कोरोना भाईरसको त्रासका कारण मार्च ३० अर्थात बैशाख १८ गते सम्मलाई हल बन्द गरिएको हो ।

त्यस्तै सिटी सनेमा हलमा दैनिक जस्तो ८ देखि १० वटासम्म सो संचालनमा आउने गरेको हलका मेनेजर शंकर मेहताले जानकारी दिए । कोरोना भाईसको चौतर्फि हल्लासँगै अर्को सूचना नआएसम्म बन्द गर्ने निर्णय गरेको उनले बताए । त्यस्तै सेन्ट्रल मल्टिप्लेक्स , अरुण सिनेमा हल, हिमालय हल, लगायतका सिनेमा हलहरु पनि बन्द गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्