विराटनगरको बसपार्कमा अहिलेसम्म छैन, हेल्थ डेक्स (भिडियो सहित)

विराटनगरको बसपार्कमा अहिलेसम्म छैन, हेल्थ डेक्स (भिडियो सहित)

विराटनगर । दैनिकी हजारौको संख्यामा यात्रुहरु आउजाउ हुने स्थान हो बसपार्क । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण फैलन नदिनको सरकारले विभिन्न स्वास्थ्य सुरक्षा अपनाईरहेको छ ।
सार्वजनिक सवारीका साधनमा कतिको स्वास्थ्य सुरक्षा अपनाइएको छ त भनेर हामीले विराटनगमा रहेको ट्रमिनल बसपार्कमा स्थलगत रिर्पोटिङका क्रममा पुग्यौ । तर त्यहा कहि कतै पनि कोरोना भाइरसबारे कुनै पनि सन्देश मुलुक न त व्यानर थियो नत हेल्थ डेक्स नै ।

भिडियो सहित

बसपार्कमा आ– आफ्नै गतिमा सवारी साधानहरु आउजाउ गरिरहेका दृष्य त्यहा देखिन्थे । अनि आम सर्वसाधरणहरु पनि आफ्नै धुनमा हिडडुल गरिरहेका देखिन्थे । बसपार्क जस्तो संवेदनशिल स्थानमा हेल्थ डेक्स स्थापना नगरेका कारण त्यो बारे कसैलाई वास्ता नै थिएन ।
जबकी सरकारले महत्वपुर्ण र भिडभाड हुने स्थानहरुमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी हेल्थ डेक्स राख्न आग्रह गरेको छ । तर यता विराटनगरको बसपार्कमा भने कुनै पनि त्यस्ता सन्देश प्रवाह गरेको भेटिएन ।


यहाँ सम्मकी अहिले सम्म कोरोनाको बारे नै खासै जानकारी नभएको सवारी चालक दिलिप राईले बताए । आफूहरुलाई अहिले सम्म कसैले पनि यस बारे जानकारी नगराएको उनले बताए ।
हो उनलाई जानकारी नहुनु भनेको पहिलो कारण हो बसपार्कमा हेल्थ डेक्स नहुनु । यदि उनलाई त्यहा हेल्थ डेक्स भएको भए पक्कै उनलाई कोरोना भाइरसबारे जानकारी पक्कै हुने थियो । दिलिप राइ कै बसमा विराटनगरका होमनाथ चापागाइले यात्रा गरिरहेका थिए । उनले भने सार्वजनिक बसमा कुनै पनि कोरोना भाइरस सम्बन्धी स्वास्थ्य सुरक्षा अपनाएको देखिएन । अन्य स्थानहरुमा सेनिटाईजर प्रयोग गरेको भेटिएता पनि सार्वजनिक बसहरुमा भने नभएको उनले सुनाए ।
विराटनगरको बसपार्कमा दैनिक हजारौ यात्रु आउजाउ हुने स्थान हो ।

यस्तो सम्वेदनशिल स्थानमा हेल्थ डेक्स हुनु अति आवश्यक रहेको त्यहा कार्यररत कर्मचारी प्रलाद राई बताउछन् । यता बसपार्क व्यावस्थापन समितिका सचिव महेन्द्र ढुङगनाले भने सुचनाको कमि भएका कारण हेल्थ डेक्स राख्नको लागी अलिक ढिलो भएको बताउनुभयो । अब भोलीदेखी नै महानगरपालीकासँग सहकार्य गरेर हेल्थ डेक्स राख्ने ढुङ्गनाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्