विराटनगरको राष्ट्रिय वाणिज्य बैंकमा पुगेका वृद्धवृद्धालाई कोरोनको डर भन्दा पैसा ठूलो

विराटनगरको राष्ट्रिय वाणिज्य बैंकमा पुगेका वृद्धवृद्धालाई कोरोनको डर भन्दा पैसा ठूलो

विराटनगर ।

विश्वभर भर फैलिरहेको कोरोना भाइरसको संक्रमणले गर्दा यतिबेला हाम्रो मुलुकमा पनि यसको सन्त्रास बढीरहेको छ ।
सरकारले कोरोना भाइरस संक्रमणबाट जोगिन आव्हान गर्दै २५ जनाभन्दा बढी भेला नहुन उद्री जारी पनि गरिसकेको छ । तर यता विराटनगर महानगरपालीले सामाजिक सुरक्षा भत्ता वापतको रमक बैकमा जम्मा गरेसँगै बैकमा वृद्धवृद्धाको भीड चौगुना देखिएको छ ।

[caption id="attachment_113208" align="alignnone" width="2048"] वाणिज्य बैंकमा भत्ता लिन पुगेका वृद्धवृद्धा ।
तस्वीर ः प्रेम देवान आवर विराटनगर[/caption]

विश्व स्वास्थ्य संगठनले सबैभन्दा बढी जोखिम वृद्धवृद्धामा हुने उल्लेख गरेता पनि यसबारे उनीहरुमा कसैलाई पनि त्यो बारे जानकारी छैन ।
सरकारले २५ जना भन्दा भेला नहुनु भनिएता यता वैंकमा भने २५ जना त के त्यसको चौगुना भीड बढेको देख्न सकिन्छ । भत्ता वापतको रकम बैंकमा जम्मा भएपछि शुक्रबार बिहानैबाट विराटनगरका बाणिज्य बैंकहरुमा भत्ता लिनेहरुको भीड बढेको छ ।


चौमासिक रूपमा निकासा हुने भत्ता महानगरले फागुन अन्तिममा बैंक पठाएको थियो । बैंकले विवरण दाखिला गरेपछि राष्ट्रिय वाणिज्य बैंकले शुक्रबारबाट वितरण सुरु गरेको हो । भत्ता लिन बैंकमा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुको ठूलो भिड लागेको छ । त्यस बाहेक सामाजिक सुरक्षा भत्ता लिने एकल महिला, दलित आदि समूदायको पनि बाक्लो उपस्थिति रहेको छ ।


वाणिज्य बैंकहरुले हात धोएर कार्यालय प्रवेश गर्ने प्रवन्ध त गरेका छन् तर त्यहाँ कसैलाई मतलव नै छैन । यता बैंकहरुले भिडलाई व्यवस्थित गर्न पनि सकेका छैनन् । यस्तो बेलामा भत्ता उपलव्ध गराउने विषयमा महानगरले समेत सचेतना अपनाएको देखिदैन ।

वाणिज्य बैंकमा भत्ता लिन पुगेका वृद्धवृद्धा ।
तस्वीर ः प्रेम देवान आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्