प्रदेश सरकारले विराटनगरमा ५० शैयाको आइसुलेसन सहितको अस्पताल बनाउने तयारी

प्रदेश सरकारले विराटनगरमा ५० शैयाको आइसुलेसन सहितको अस्पताल बनाउने तयारी

विराटनगर । प्रदेश १ सरकारले विश्वभरी फैलिएको कारोना भाइरसको संक्रमण देखिएको विरामीलाई राख्ने ५० बेडको आइसुलेनसहितको अस्पताल बनाउने निर्णाय गरेको छ ।
प्रदेका मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा शुक्रबार बसेको बैठकले एक साता भित्रमा ५० बेडको अस्पताल बनाउने निर्णाय गरेको हो ।


न्युनतम दश बेडको भेन्टीलेटर सहित विराटनगरस्थित नेशनल ट्रेडिङ लिमिटेडको भवनमा ५० शैय्याको अस्पताल बनाउन लागेको सामाजिक विकास मन्त्री जीवन घिमिरे जानकारी दिनुभयो । शुक्रबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री घिमिरे, कोशी अस्पतालको मेसु डा. संगीता मिश्रा, फिजिसियन डा. दिपक सिग्देलसहितको टोलीले खाली भवनको निरीक्षण गरेका थिए ।
सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले समन्वय गरी एक हप्ता भित्र अस्पताल बनाउने तयारीको साथ शनिबारदेखि काम सुरू हुने मन्त्री घिमिरले जानकारी दिनुभयो । नेशनल टे«डिङको भवनलाई अस्पताल बनाउने निर्णाय भएपछि शनिबारदेखि सरसफाइ र तयारीको काम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले भोलिदेखि नै सुरु गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्