प्रदेश नम्बर १ सहित सबै प्रदेशका प्रदेशसभा स्थगित

<span class='c1'>प्रदेश नम्बर १ सहित</span> <span class='c2'>सबै प्रदेशका प्रदेशसभा स्थगित</span>

सरकारले कोरोना सम्भावित संक्रमणप्रति सतर्क हुँदै २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेसँगै प्रदेश सरकारले प्रदेशसभा स्थगित गरेको हो ।

कोरोनाभाइरसका बढ्दो संक्रमणको त्राससँगै संघीय सरकारको आग्रमा प्रदेशभाहरु स्थगित भएका छन् ।

प्रदेश–१ सरकारले पनि संसद बैठक स्थगित गरेको छ । प्रदेश–१ सरकारले शुक्रबार बैठक बसेर कोरोना संक्रमणबाट जोगिन भन्दै प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो ।

प्रदेशसभा बैठक बसेर संसद स्थगित गर्ने निर्णय गरेको प्रदेश–१ का सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

यता, प्रदेश–२ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

कोरोनाको सम्भावित संक्रमणप्रति सतर्क हुँदै प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश–२ संसद सचिवालयले जनाएको छ ।

यस्तै, बिहीबारको बैठकमा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले पेस गरेको प्रदेश सहकारी विधेयकमा सैद्धान्तिक छलफल भएको छ ।

वाग्मती प्रदेश सरकारले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशले पनि कोरोना संक्रमण हुन सक्ने भन्दै प्रदेशसभा स्थगित गरेको छ । बिहीबार प्रदेशसभा सचिवालयले सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।

यता, प्रदेश–५ ले भने १६ गतेसम्म बैठक स्थगित गरेको छ । बिहीबार बसेको बैठकले १६ गतेसम्मका लागि प्रदेशसभा स्थगित गरेको हो ।

कर्णाली प्रदेशले पनि सूचना टाँस गरेर प्रदेशसभा स्थगित गरेको छ ।

यता, सुदूरपश्चिम प्रदेशसभा भने फागुन ११ गतेदेखि संसद बस्नै सकेको छैन । सरकारले ‘बिजनेस’ नदिएको भन्दै प्रदेशसभा बस्न नसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्